‘सम्बन्ध’ निर्देशन गर्दै सञ्चारकर्मी कुमार

सिनेपत्र/काठमाण्डाै‌

पारिवारिक बिषयमा टेलिफिल्म ‘सम्बन्ध’ निर्माण हुने भएकाे छ । सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा टेलिफिल्म ‘सम्बन्ध’ निर्माण हुन लागेकाे हाे ।

लकडाउन सकिएलगतै विभिन्न म्यूजिक भिडियो र टेलिफिल्म निर्माण क्रम बढे सँगै  निर्देशक कुमारले पनि छायाँकन शुरु गरेका हुन् ।

टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगानालगायतको अभिनय रहने छ । रामेश्वर हुमागाईंको छायाँकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहने टेलिफिल्मका निर्माता रवी केसी रहेका छन ।

करुणा आचार्य प्रस्तुतकर्ता रहेको टेलिफिल्म राष्ट्रिय टेलिभिजनबाट प्रसार हुने छ ।

Comments
Related News