‘कमेडी हब’को विवादित दृश्य हटाईयो !

सिनेपत्र/काठमाण्डाैं

‘कमेडी हब’को विवादित दृश्य हटाईएको छ ।  साथै केदार घिमिरे ‘माग्ने बुढा’ले माफी मागेका छन्, आफू निर्देशित टीभी शो ‘कमेडी हब’को ट्रेलर विवादमा तानिएपछि माफी सहित दृश्य हटाईएको हो ।

अन्जानमा आफूहरुबाट गल्ती भएको स्वीकार्दै घिमिरेले दर्शक र शुभचिन्तकको सल्लाह बमोजिम ट्रेलरमा समावेश उक्त दृश्यलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाएको जनाएका छन् ।

ट्रेलर सार्वजनिक भए पछी सिनेपत्रमा कमेडी कि भद्दा मजाक ! (ट्रेलर सहित) शिर्षकमा समाचार  समेत प्रकाशित भएको थियो ।

सार्वजनिक गरिएको ट्रेलरमा हिन्दूहरुका आराध्यादेव भगवान शिवजीलाई मजाक बनाइएको भन्दै सामाजिक सञ्जालमा तिव्र विरोध भएको थियो ।

Comments
Related News