समसामायिक विषयमा लघु चलचित्र निर्माण गर्दै सुरज पाैडेल

सिनेपत्र/काभ्रे
रेडियो प्रस्तोता तथा फिल्म मेकर सुरज पाैडेलको कथा तथा निर्देशनमा नयाँ लघु चलचित्र निर्माण हुदैंछ । निर्मात्री शियारा पाैडेलको निर्माणमा बन्न लागेको उक्त लघु चलचित्रले समासमायिक विषयवस्तु समेट्ने जानकारी निर्माण पक्षले गराएको छ ।
लघु चलचित्रमा सुमित्रा अधिकारी, सिरोमणी दवाडी, भगवान खत्री, हिमलाल सापकोटा लगायतका कलाकारहरुको अभिनय रहनेछ । संजिव पाैडेल ‘पनाैति काका’ को छायाँकन तथा सम्पादन रहने उक्त चलचित्रमा सह-निर्देशन राजेश तिमल्सिना ‘फन्टास्टिक ब्राे’ रहेको छ ।
नाम तथा कथावस्तु गोप्य राखिएको उक्त्त चलचित्रको छायाँकन काभ्रे तथा काठमाण्डाै क्षेत्रमा हुने निर्माण पक्षले जनाएको छ । चलचित्रको आधिकारीक अनलाईन सिनेपत्र डट कम रहेको छ ।
यस अघि पनि निर्देशक पाैडेलकाे कथा तथा निर्देशनमा तयार भएकाे लघु चलचित्र ‘लक्ष्य जिन्दगीकाे’ ले नेपाली सेनाले आयोजना गरेकाे ‘सर्ट मुभी कम्पिटीसन’ मा दोस्राे स्थान हासिल गरेको थियो ।




