सरकारी टेलिभिजनमा ‘कमेडी क्लब विथ च्यम्पियन्स’

  • सोमबार बेलुकी ८ः५० बजे प्रशारण हुने ‘कमेडी क्लब विथ च्यम्पियन्स’मा कमेडी च्याम्पियन सिजन १ र २ का कलाकारहरुको प्रस्तुति रहने छ ।
  • सिनेपत्र/काठमाण्डाै‌ं

    कमेडी विधाको नयाँ रियालिटी शो आउने भएको छ । कि इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनले संयुक्त रुपमा ‘कमेडी क्लब विथ च्यम्पियन्स’ नामको कमेडी विधाको नयाँ रियालिटी उत्पादन गरि प्रशारण गर्ने भएको हो ।

    बुधबार काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै कि इन्टरटेन्मेन्टले’कमेडी क्लब विथ च्यम्पियन्स’आगामी माघ महिना देखि हरेक सोमबार नेपाल टेलिभिजनमा प्रशारण गर्न लागेको छ । सोमबार बेलुकी ८ः५० बजे प्रशारण हुने ‘कमेडी क्लब विथ च्यम्पियन्स’मा कमेडी च्याम्पियन सिजन १ र २ का कलाकारहरुको प्रस्तुति रहने छ ।

    कार्यक्रममा मुख्य कलाकारको रुपमा पवन भट्टराई, उमेश राई (फुलन्देकी आमा), मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, सुमन कार्की र कैलाश कार्की रहने बताइएको छ । कमेडी मार्फत परिवार समाज र आम जनमानसमा मनोरञ्जन प्रदान गर्ने उद्देश्य कार्यक्रमले लिएको निर्देशक विशाल भण्डारीले बताए ।

    Comments
    Related News