बन्दै छ ‘वेलकम टु हेम्जाकोट’ (फाेटाे फिचर)

सिनेपत्र/काठमाण्डाै
कोरोनाले विभिन्न क्षेत्रमा असर गरिरहेको छ । त्यसवाट सिनेमा जगत पनि जोगिन सकेको छैन । गत बर्षको लकडाउनबाट दिक्क बनेका नेपाली दर्शकका लागी मनोरन्जन दिन चलचित्रहरु निर्माण हुदैं छन् ।

नेपाली सिने जगतलाई केही भए पनि राहत दिने उद्देश्य सहित चलचित्र वेलकम टु हेम्जाकोट छायाँकन हुदैं थियो । एकाएक कोरोनाको दोस्रो लहरको असर देखिए पछी नेपालका विभिन्न जिल्लामा कायम रहेको निषेधआज्ञाका कारण चलचित्रको छायाँकन रोकिएको छ ।
समसामायिक विषयवस्तुमा मनोरन्जनले भरिपूर्ण यस चलचित्र अन्तिमचरणमा आएर रोकिएको हो ।

कमेडी जनरामा बन्न लागेको यस चलचित्रमा बुद्धि तमाङ्ग, जयनन्द लामा, विशाल पहारी, रवि गिरी, रश्मि भट्ट, सारदा गिरी, विनोद न्याैपाने, सुजाईरा कार्की, सन्दीप सिग्देल, अस्मिता पन्थ, अम्बिका तामाङ्ग, दिनेश खड्का लगायतका कलाकारको अभिनय रहेको छ । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रलाई सुमन खड्का, जितेन्द्र गिरी र तेज प्रसाद दाहालले निर्माण गरेका हुन ।
कास्की, काठमाण्डौं, मनाङ्ग र सिक्किमका रमणीय स्थलहरुको दृश्य रहने यस चलचित्रको लगानी एक करोड माथिकोे रहेको निर्माण पक्षले जनाएको छ । दर्शकले रुचाउने र अहिले बनिरहेको भन्दा फरकपन चलचित्रले दिनेमा निर्माण पक्ष ढुक्क रहेको छ ।
चलिचत्रलाई ‘जात्रा’, ‘छक्का पञ्जा’ लगायत दर्जनाै चलचित्र खिचि सकेका ‘सिनेम्याटोग्राफर’ दिर्घ गुरुङ्गले खिचेका छन् ।


लेखक तथा निर्देशक सरोज पौडेल




