“अब ‘पर्पला’ मेरो मात्र रहिनन्”–लेखक मिलन संग्रौला (फोटो फिचर)

हाम्रो कला /काठमाण्डौं
युवा लेखक मिलन संग्रौलाको दोश्रो कृति उपन्यास ‘पर्पला’ सार्वजनिक भएको छ । प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित विशेष सांगीतिक कार्यक्रम बिच उक्त कृति सार्वजनिक गरिएको हो ।

लेखक सहित गायक सुगम पोखरेल, गायिक रेखा शाह, मिलन अमात्य र उक्त पुस्तकलाई बजारमा ल्याएको प्रकाशन संस्था बुक हिलका तर्फबाट पवन आचार्य र भुपेन्द्र खड्काले संयुक्तरुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

कार्यक्रम निर्धारित समय भन्दा केही ढिला सुरु भएकोमा बुक हिलका तर्फबाट प्रबन्ध निर्देशक पवन आचार्यले माफी मागेका थिए । लेखक मिलनले पुस्तकको बारेमा बोल्दैं “अब ‘पर्पला’ आफ्नो मात्र नरहेकी र सबै पाठकको भएकी” बताए । पुस्तकको सम्पादक रहेका भुपेन्द्र खड्काले “पुस्तकको पाण्डुलिपि आफुले पढाएको विधार्थीलाई पढ्न दिएको” भन्दै उक्त विधार्थीलाई मञ्चमा बोलाउँदैं पहिले पाण्डुलिपि पढ्दा र अब पुस्तकको रुपमा आए पछि के भिन्नता रहेछ ? भन्दैं पढेर प्रतिकृया दिन आग्रह गरेका थिए ।

पाठक तथा दर्शकको उल्लेख्य सहभागीता रहेको कार्यक्रममा उपस्थित गायक तथा गायिकाले आफ्ना चर्चित गीतसंगीत प्रस्तुत गर्नुको साथै लेखकलाई नयाँ कृतिको लागी शुभकामना दिएका थिए । नायिका रिमा विश्वकर्माले संचालन गरेकी उक्त कार्यक्रममा “अहिले सम्ममा आफुले पुस्तक किनेर नपढेको भन्दै”, कार्यक्रमको शुरुवातमानैं पैसा तिरेर उपन्यास मञ्चमानैं किनेकी थिइन् ।

Comments
Related News