हिटम्यानको पोस्टर र टिजर रिलिज, आँचलको हिटम्यान को ?

सिनेपत्र/काठमाण्डौं
इन्डो नेपाली चलचित्र हिटम्यानको मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने चलचित्रको अफिसियल प्रदर्शन मिति केही समयमा सर्वजनिक गरिने चलचित्रका निर्माता तथा निर्देशक बिष्णु अधिकारीले बताएका छन् ।
आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुमाझ चलचित्रको टिजर सार्वजनिक गरिएको हो । टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् । टिजरमा आँचलको भने कुनै पनि दृश्य समावेश गरिएको छैन । चलचित्र नेपालको काठमाडौं र पोखरा अनि भारत, फ्रान्सको पेरिस तथा दुवैमा खिचिएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित आँचलले टिजरमा आफू नदेखिएको बताइन् । चलचित्रको ट्रेलरमा भने भारतसँगै नेपाली दृश्य र कलाकार समेत देखिने कलाकार विष्णु अधिकारीले बताएका छन् । चलचित्रमा प्रशान्त ताम्राकार र मिलन सिजापतिको पनि मुख्य भूमिका रहेको छ । केही अभिनेत्रीहरुसँग आफूहरुले कुरा गरेपनि अन्तिममा आँचल शर्मा भूमिकामा फिट भएको विष्णुले बताएका छन् । चलचित्रले नेपालको सुन्दरता प्रस्तुत गर्ने उनको भनाइ रहेको छ । आँचलले तेलुगू चलचित्र भएपनि आफूले नेपाली भाषा नै बोलेको बताइन् । तर, आफूले तेलुगू भाषा भने केही सिकेको उनले बताइन् । नाईन्टिनाइन सिनेमाज र इष्ट एण्ड वेस्ट इन्टरटेनमेन्टकाे ब्यानरमा निर्माण भएको सिनेमामा दिपक अधिकरी निर्माता र सन्नी लावती सहनिर्माताको रुपमा रहेका छन् ।

नेपाली फिल्मलाई बिश्वब्यापी रिलिज गर्ने उद्देश्य सहित चलचित्र निर्माण गरिएको निर्माण पक्षको भनाई रहेको छ । सिनेमा नेपालीसंगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाईनिज गरी दश भाषामा रिलिज गरिने छ ।




