चिकित्सक डा. प्रदीप सापकोटा मोडलिङमा आकर्षित (फोटो फिचर )

सिनेपत्र/बेलायत

चितवनमा जन्मिएर हाल बेलायत बस्दै आएका डा प्रदीप सापकोटा एक होनहार चिकित्सक हुनुका साथ-साथै मोडलिङ क्षेत्रका पनि एक उदयमान नक्षत्र हुन्।

बेलायतको बासिल्डन युनिभर्सिटि हस्पिटल (Basildon University Hospital) मा इन्टेन्सिभिस्ट् (Intensivist) का रुपमा कार्यारत डा सापकोटा सानै देखि कला क्षेत्रमा पनि रुचि राख्थे। केहि वर्ष अघि, नेपालमै कार्यारत हुँदा, डा सापकोटाले आफ्नो मोडलिङ् यात्रामा पाइला टेक्दै गर्दा, अचानक कोरोनाको महामारी आएकाले आफ्नो सम्पुर्ण ध्यान चिकित्सा क्षेत्रमै लगाउन बाध्य बनेका उनि, अब भने निर्देशक् कृष्ण पौडेलको आउँदो प्रोजेक्ट् बाट कमब्याक गर्ने निर्देशक पौडेलले जानकारी दिए।

सघन उपचार कक्षमा मृत्युसङ्ग लडिरहेका विरामीलाइ उपचार गर्ने बाहेक दर्शन, साहित्य र राजनीतिमा पनि उनको रुचि छ। हरेक दिन् मृत्युलाइ नजिकबाट नियालेका डा सापकोटाले जिवन, जगत, मृत्यु जस्ता गहन् तथा आध्यत्मिक विषयमा पनि धेरै अध्ययन् गरेका छन् ।

Comments
Related News