शुरु भयो ‘परस्त्री’को छायाँकन

 

सिनेपत्र/पाटन

नेपाली चलचित्र ‘परस्त्री’को छायाँकन शुरु भएको छ । आज पाटनको बंगलामुखी मन्दिरमा पुजाअर्चना सहित चलचित्रले आफ्नो छायाँकन शुरु गरेकाे हो । चलचित्रको निर्माण टिम गीत खिच्न आजै मुस्ताङ हिडेको छ ।

नेपाली परिवेशको कथावस्तु समेटिएको चलचित्रमा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । चलिचत्रमा निर्माण शर्मिला पाण्डेको रहेको छ भने निर्देशकका रुपमा सुरज पाण्डेले डेव्यु गर्ने छन् ।

नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने यो चलचित्र आगामी वर्षको तिहार अर्थात कार्तिक ६ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

तस्विरहरु: सँजिव पाैडेल

Comments
Related News