सुपरमोडलको तस्विर फेरी चोरी
हाम्रो कला/ हलिउड/ एजेन्सी
ब्रिटिश सुपरमोडल केट माँसको न्यूड तस्विर चोरी भएको छ । त्यो तस्विर उनको जिवनको अमूल्य बस्तु थियो, जुन उनले आफ्नो विवाह दिन २०११ मा खिचाएकी थिइन् । तस्विरमा केट आफ्नो महत्वपूर्ण दिनका लागी तयार भएको देखिन्छ । तस्विर उनको दर्जनौं तस्विर भन्दा विशेष थियो, जसलाई राँकर जैमी हिंस सँग विवाह हुनुको खुशीमा खिचिएको थियो ।
पछिल्ला दिनमा केट र जैमी अलग भइसकेका छन् । अनलाईन ‘डेलीस्टार’का अनुसार उनका ति तस्विरहरु संम्भवत उनको कम्प्युटरबाट चोरी भएको हुनसक्छ । उनको यो निजी तस्विर चोरी भएर सार्वजनिक भएको उनि निकैं दुखि छिन् । उनको यो तस्विर प्रति निकै लगाव थियो ।
चार महिना अगाडी पनि उनका केही तस्विरहरु अनलाइनमा लिक भएको थियो । यसरी तस्विरहरु चोरी हुदां उनि अहिले अनलाइन सुरक्षा बढाउनको उपाय प्रति ध्यान दिदैं छिन् ।




