अभिनेता जय किशन बस्नेतकाे अभिनय भन्दा चर्चा मोह बढी

साभार : जय किशन बस्नेतकाे सामाजिक संजालबाट

सिनेपत्र/काठमाण्डाैं

एक अभिनेताले नाबालिका माथी गरेकाे याैन शाेषणको घटनाले नेपाली समाजमा आजको दिन निकै चर्चा पाएको छ । उजुरी परे पछी फरार रहेका उनले यसै साता आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरें ।  जिल्ला अदालत तनहुँले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको छ ।

यसै विषयलाई लिएर समाजिक संजाल लगायतका विभिन्न संचारमाध्यम कुराहरु सुन्न र हेर्न पाईन्छ । केही पिडकका पक्षका बोल्छ त केही पिडितको पक्षमा सबै आफ्नाे आफ्नाे ठाउँमा न्यायिक व्यक्ति बनिनैं रहेका छन् ।

केही दिन देखि युट्युवका ट्रेन्डिङ्गमा पनि यसै विषय सम्बधित भिडियोहरु देख्न पाईन्छ । समाजिक संजालमा यस विषयलाई लिएर भ्रामक खबर हाल्नेलाई कारवाही गर्न गृहले निर्देशन दिएको छ भने केही युट्युव तथा अनलाईन मिडियालाई प्रेस काउन्सिलले करवाही समेत गरिसकेको छ ।

कुनै पनि विषयमा बोल्न पाउनु नागरिकको माैलिक हक भए पनि केही यस्ता विषय हुन्छन् के बोल्ने र कति बोल्ने ज्ञान नहुदा अप्ठ्यारोमा समेत पर्न सकिन्छ । अहिलेको घटनाक्रम हेर्दा लाग्छ सबै जान्ने र विषय विज्ञ छन् ।

यसै विभिन्न विषयमा ज्ञान भन्दा पनि चर्चाका लागी बाेल्ने अभिनेता हुन जय किशन बस्नेत । अहिले फिल्म भन्दा ज्यादा टिकटक तथा युट्युवमा व्यस्थ रहनेमा पर्दछन् । फिल्ममा दर्शकले पत्ताउन छाडे पछि बैकल्पिक उपाय अपनाउन थालेको उनिलाई चिन्नेहरुले बताउछन् । केही समय अगाडी रंगपत्रकार प्रकाश सुवेदीले आफ्नाे कार्यक्रममा बस्नेत टिकटकमा माग्ने हुन् समेत भन्न भ्याएका थिए ।

यसरी वस्नेत समाजिक संजालमा विभिन्न अन्टो सन्टो गरेर चर्चामा आउन खोजिरहन्छ । यसै क्रममा उनले फेसबुकमा राखेकाे एक स्टाटस हेर्दा लाग्छ उनले कुरा बुझेर लेख्छन् कि हावामा यो त उनै जानुन् ।

Comments
Related News