पलको कर्तुतले नायिका पुजा शर्मा तनावमा !

सिनेपत्र/किर्तिपुर

नेपाली चलचित्र क्षेत्रमा फिल्म चलाउने बेला विभिन्न गसिप बजार आउने गर्दछ । जस्ले चलचित्रको चर्चालाई बढाउने अपेक्षा कलाकार तथा निर्माताको हुने गर्दछ । यसरी गसिप ले फिल्म चलाउने बानी परेका कलाकार तथा निर्मातालाई अहिलेको अप्ठ्यारो परेको छ ।

यसरी अप्ठ्यारोमा परेकी छिन् नायिका तथा निर्मात्री पुजा शर्मा ।  उनको भाेलिबाट प्रदर्शनमा आउन लागेको चलिचत्र म यस्ताे गाउछु २ का नायक पल शाहलाई एक नाबालक गायिकालाई याैन शोषण गरेकाे आरोप लागे पछि उनि रुनु की हाँस्नु अवस्थामा पुगेकी छिन् । बुधबार कीर्तिपुरमा भएको ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरमा पनि पलले शाह उपस्थित  हुन नसकेपछी पुजाले संचारकर्मीलाई रुदैं प्रतिक्रिया दिदैं भनेकी थिइन्-“शायद याे फिल्म पनि यति गर्दा पनि केही केही चिजले आखैं लाएको हो भने म यो इन्ट्र्स्टिबाट आउटै‌ हुनु पर्छ जस्ताे लाग्छ” भन्दैं आफ्नो लगानी डुब्छ कि भन्ने चिन्ता ब्यक्त्त गरेकी थिइन् ।

शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार यौन दुर्व्यवहारको उजुरी दर्ता भएको छ । पीडितका आफन्त प्रहरी कार्यालय पुगेर उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । हाल जिल्ला प्रहरी कार्यालय तनहुँले अभिनेता पल शाह (पूर्ण विक्रम शाह)विरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनी फरार रहेका छन् ।

 

Comments
Related News