नायिकाले धोका दिदा निर्मातालाई तनाव

सिनेपत्र/काठमाण्डाैं
यहि चैत्र १८ गते देखी प्रर्दशनमा आउन लागेको चलचित्र ‘हेल्लाे जिन्दगी’ को प्रमोशनमा नायिकाहरुले वास्ता नगर्दा निर्देशक लाई तनाव भएको छ । चलचित्रका नायिकाहरु प्रियांका कार्की र दिपिका प्रसाईले प्रमोशन कार्यक्रममा उपस्थिति नजनाए पछि निर्देशक तथा निर्माता एभरेष्ट सूर्य बोहोराले आक्राेश पोखेका हुन् ।
चलचित्रको गीत सार्वजनिक कार्यक्रममा निर्देशक तथा निर्माता बोहोराले नायिकाहरुलाई शुरुमानै राम्राे परिश्रमिक दिएको तर अहिले प्रमाेशनमा भने विभिन्न बाहाना गरेर तर्केको बताएका छन् । साथै उनले आगामी चलचित्र निर्माण गर्दा शुरुमानै विचार गरेर पारिश्रमि दिने पनि बताए छन् ।



