पशुपतिनाथको भरमा शुरु भो छायांकन !

सिनेपत्र/काठमाण्डौं
कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि भन्दै सरकारले लगभग एक सय दिन लकडाउन गरि सकेको छ । लकडाउन अझ जारि छ । सरकारी उदासिनता तथा सहि योजना ल्याउन नसक्दा नागरिकहरुले लकडाउनको उल्लंघन गर्ने कार्य बढि रहेको छ ।
यसै बिच एक सय दिन सम्म पनि चलचित्र, म्युजिक भिडियो तथा अन्य कार्यक्रम छायांकनको मापडण्ढ तयार गर्न नसक्दा हाल असुक्षित तरिकाबाट छायांकन गर्न शुरु गरिएको छ । यसरी शुरु गरिएको छायांकन स्थलमा सामाजिक दुरी तथा कोरोना बाट बच्न गरि पर्ने कुनै पनि सुरक्षित सावधानीहरु अपनाएको देखिदैन् । उक्त शुटिङ्ग स्थानमा यदि कोहि कोरोना संक्रमित भएर कोरोनाको संक्रमण बढ्न गएमा यसको जिम्मा कस्ले लिने ? कलाकार र प्राविधिकले सही सुरक्षाको उपाय नअपनाउदा समुदाय स्तरमा फैलिएको कोरोनाले यस क्षेत्रलाई पनि नसताउला भन्न सकिदैन । विभिन्न क्षेत्रका बारेमा कुरा उठिरहदा यस क्षेत्रको कुरा भने उठेको पाइदैन ।
रिक्त रहेकाे चलचित्र बोर्डले नयाँ अध्यक्ष पाइसकेको छ । तर पनि हालको अवस्थामा कलाकार र प्राविधिकको बारेमा कुनै निति तथा योजना बनाएको देखिदैन् । कलाकार र प्राविधिकका लागी थुप्रौ संघसंस्थाहरु कार्यरत छन् । ति संघसंस्थासँग पनि हालको यस परिस्थितिमा कलाकार तथा प्राविधिकको लागि राहतको हुने किसिमका कुनै ठोस निति तथा योजना देख्न सकिदैँन् ।
एक तर्फ सुरक्षाको कुरा छ भने अर्का तर्फ कलाकार तथा प्राविधिकमा रोगले भन्दा पनि भोकले मरिने भन्ने चिन्ता पनि रहेको छ । सरकारले पनि कलाक्षेत्रलाई सम्बोधन गरी कुनै राहत तथा सहयोग कार्यक्रम नल्याएकाले पनि बाध्य भएर काममा फर्कनु पर्ने अवस्था पनि रहेको छ । त्यस्तो अबस्था सरकार, कलाकार तथा प्राविधिकको हक हितको क्षेत्रमा काम गर्ने संस्थाले हालको समयलाई मध्यनजर गर्दै कुनै ठोस निति तयार गर्नु जरुरी छ । साथै सम्पूर्ण कलाकार तथा प्राविधिकहरुको जिवन बिमा गरिदिनु पर्ने देखिन्छ । कलाकार तथा प्राविधिकहरुले पनि स्वतस्फुर्त सामाजिकदुरी तथा व्यक्तिगत सुरक्षामा ध्यान दिनु जरुरी छ । अन्यथा यसले जटिल समस्या निम्याउन सक्छ ।




