नायक पल शाह र गायिका समिक्षा अधिकारीको निजि सम्बन्ध ‘गसिप’ कि यथार्थ ?

सिनेपत्र/काठमाण्डाैं

नायक तथा माेडल पल शाह र गायिका समिक्षा अधिकारीको सम्बन्धलाई लिएर अहिले नेपाली मनाेरञ्जन बजार तातेको छ । नेपाल प्रेस अनलाईनले ‘रियल हिरो’ कि प्ले-ब्वाई ? भन्ने शिर्षकको समाचार प्रकाशन गरे पछि याे विषय लिएर बजार तातेको हो ।

यो चर्चालाई थप पुष्टि गर्ने गरी विभिन्न अडियो रेकर्डहरु सार्वजनिक भए पछी उनिहरुको सम्बन्धमा केही खटपट रहेको दर्शक तथा स्राेताले अनुमान लगाउन थालेका छन् । विभिन्न समय तथा कार्यक्रमहरुमा उनिहरुको सम्बन्धकाे विषयलाई लिएर प्रश्न उठ्ने गरेकाे मा उनिहरुले “आफुहरु मिल्ने साथी भएकाे” जवाफ दिने गरेका थिए ।

यसै विच पलले सार्वजनिक भएको अडियाे रेकर्डलाई लिएर सामाजिक संजालमा स्टाटस लेख्दै‌- ‘अनलाईन माध्यमहरुमा प्रकाशित समाचार र अडियो रेकर्डहरु हेर्दा र सुन्दा म स्वयं आश्चर्यचकित भएको र प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसंग मिलेको जस्तो भएतापनि उक्त आवाज मेरो हो भन्नेमा पुर्ण शंका रहेको’ भनेर लेखे पछि कुरा के हाे ? भन्ने जिज्ञासा बढेर गएकाे छ ।

नेपालीमा एउटा भनाई रहेको छ- ‘हावा नआई पात हल्लिदै‌न’ उनिहरुकाे सम्बन्ध केहो भन्ने त्यो ब्यक्त्तिगत कुरा भयो । तर सार्वजनिक ब्यक्त्ति भएपछि उनिहरुको निजि कुराहरु बाहिर आउनु तथा दर्शक तथा पब्लिकले चाख राख्नु पनि स्वभाविकनै हो । याे क्षेत्रमा कति चर्चाका लागी गसिप बन्ने गर्छन भने कति यथार्थ पनि हुने गर्दछन् ।

अब कुरा गराै‌ याे गसिप कि यथार्थ भन्ने कुरामा यदि सार्वजनिक भएको अडियाेलाई सत्य मान्ने हाे भने समिक्षाले आफु शोषणमा परेको र न्यायको लागी आग्रह गरेकी छिन् ।  तर ति अडियोहरु पलको स्टाटसले ‘फेक’ भने पछी यत्रो बजारमा हल्ला किन भै‌रहेको छ भनेर पनि दर्शक तथा स्राेता अचम्ममा परेका छन् ।

तर जे हाेस् सार्वजनिक भएका अडियो सत्य भएमा शोषणमा परेकी समिक्षालाई न्याय दिनु पर्छ । फेक भएको भए यस्ता कपोकल्पित अफवाहा फैलाउनेलाई कानुन बमोजिम कडा कारवाहि हुनु पर्छ । यस्ता सामान्य तथा रमाईलो ठानिएका विषयले कसैको निजी जिवनमा ठुलो दुर्घटना ननिम्ताउला भन्न सकिदैंन् ।

Comments
Related News