बिश्व सभात असट च्याम्पियनशिपमा भाग लिन दुई सदस्यीय टोली प्रस्थान

सिनेपत्र/काठमाडौं 

फ्रान्सको बुलंग सुर मेर शहरमा सेप्टेम्बर ९ देखी १३ सम्म आयोजना हुने बिश्व सभात असट च्याम्पियनशिपमा भाग लिन दुई सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

बिश्वभरका करिब ४५ देशका लगभग ४०० खेलाडी तथा अफिसियलहरू को सहभागिता रहने प्रतियोगीतामा नेपाल सभात संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक मास्टर लक्ष्मण बस्नेतले कोच हुनुहुन्छ भने बसिल त्वायनाले सिनियर -८५ केजी तौल तर्फ प्रतिस्पर्धा गर्ने छन ।

टोलीलाई नेपाल सभात संघका सल्लाहकार तथा पूर्व राज्यमन्त्री डा. बिराज बहादुर बिस्ट, महासचिब तथा खेलकूद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि बेंजनकार तथा संघका उपाध्यक्ष दधिराम कडेल एवं प्रशिक्षकहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विजयको शुभकामना सहित बिदाई गर्नुभयो ।

Comments
Related News