जीवन बेकार भो (कविता)

फुल भन्छ भुईमा झरेर फुल्नै बेकार भो
मायामोहको जालमा भुलेर ज्युनु बेकार भो
नसकेकुनै मन्दिर सजाउन ?
नत कसैको शिरमा बस्न ?
बेसहाराको सहारा बनी
सकिन कसैको मनमा पस्न ?
फुल भन्छ भुँइमाझरेर फुल्नै बेकार भो
मायामोहको जालमा भुलेर ज्युनु बेकार भो
नसकेँ मैले सुगन्ध छर्न ?
सडेर केबल दुर्गन्ध भर्न
नगरे कहिल्यैबृद्दको सेवा ?
न गुरु ज्ञानिको सरणमा पर्न ?
फुल भन्छ भुँईमाझरेर फुल्नै बेकार भो
मायामोहको जालमा भुलेर ज्युनु बेकार भो
सँधै बेकारि सँधै कुलतमा ?
थिएन हिँस्रक मझैँ जगतमा ?
हत्यार र हिँसा गरेर हिड्ने ?
खेलेर रम्ने होलि रगतमा ?
फुल भन्छ भुँईमाझरेर फुल्नै बेकार भो
माया मोहको जालमा भुलेर ज्युनु बेकार भो
-कृष्ण प्रसाद पौडेल
Comments
Related News
Latest Updates
Trending
Videos




