प्रेमपत्र प्रतियोगिताले जुराइदिएको जोडी

सिनेपत्र/काठमाण्डौं

विरेन्द्र बहुमुखी क्याम्पस भ्यालेनटाइन डे मय भएको थियो । अघिल्ला शिशिर ऋतुमा झै, यस वर्ष पनि स्वतन्त्र विद्यार्थी युनियनले चौध फेभररीका दिन खुल्ला प्रेमपत्र प्रतियोगिता आयोजना गरेको थियो । क्याम्पस परिसर बेहुलीजस्तै सजिएको थियो । दिल भित्र धनुवाण छेणीएको रातो बेलुन चारै तिर झुण्डाइएको थियो । आयोजकले प्रतियोगितालाई रोचक बनाउन कालिका एफ एमसँग सहकार्य गरेको थियो । दुई पक्ष बिच केही बुदाँहरुमा सम्झौता भएको थियो । जस अनुसार भ्यालेनटाइन डे विशेष “खुल्ला प्रेमपत्र प्रतियोगिता”को प्रत्यक्ष प्रसारण अधिकार कालिका एफ एमले पाएको थियो । प्रतियोगिताका विजेता र उप विजेतालाई प्रदान गरिने नगद पुरस्कारको जिम्मा कालिका एफ एमले लिएको थियो । कार्यक्रमलाई थप उल्लासमय बनाउन चितवनका उदयीमान कलाकारहरुलाई कालिका एफ एमले आमन्त्रण गरेको थियो । प्रतियोगिताको विच विचमा आमन्त्रित कलाकारहरुले विशेष प्रस्तुती दिएका थिए । आँपटारीका गायक मौसम लामिछानेको “हेलो पूजा के छ मैयाँ, यु आर लुकीङ्ग स्विट टुडे” बोलको गितले माहोल पूर्णरुपमा भ्यालेनटाइन डे मय भइसकेको थियो । यूवा विद्यार्थीहरुको बाक्लो भिड देखेर स्वतन्त्र विद्यार्थी यूनियन र कालिका एफ एम परिवार दङ्ग देखिन्थ्यो । यहि भिडमा बि एस सी चौथो वर्षका छात्रा सौगात श्रेष्ठ र वि वि एस तेस्रो वर्षका छात्र सगुन अमात्य रमाइरहेका थिए । तिन वर्ष अघि चौध फेरवररी कै दिन यि दुई विच पहिलो पटक देखा देख भएको थियो । त्यस पछिका घटनाक्रमहरुमा सौगात र सगुन विच मायाप्रेमको अङ्कुर पलाएको थियो । तिनवर्ष अगाडीको खुल्ला प्रेमपत्र प्रतियोगिता, मानविकि संकायको कक्षा कोठामा आयोजना भएको थियो । सौगात र सगुन सहित आठ विद्यार्थीहरुले प्रतिष्पर्धामा भाग लिएका थिए । अग्रेजी भाषामा लेखिएको सगुनको प्रेमपत्र प्रथम र नेपाली भाषामा लेखिएको सौगातको प्रेम पत्र दोस्रो भएको थियो । विजेता र उपविजेतालाई आयोजकका तर्फबाट पुरस्कृत गरिएको थियो । कार्यक्रमको अन्तमा आठै जना प्रतिष्पर्धीहरुको सामूहिक फोटो खिचिएको थियो । एक साता पछि सबै प्रतिष्पर्धीहरुलाई आयोजकद्वारा एक एक प्रति फोटो उपल्बध गराएको थियो । सौगात र सगुनले पनि एक एक प्रति फोटो पाएका थिए । फोटोमा विजेता र उपविजेतालाई सजिलै छुट्टाउन सकिन्थ्यो । दुवैजनाको हातमा पुरस्कार र रातो टिकाले निधार सजिएको थियो । सायद फोटोको यहि विशेषताले हो की ! विजेता उपविजेताको र उपविजेता विजेताको अनुहार हेरी मन्त्रमुग्ध भएका थिए । फोटोकै कारण सगुन र सौगात विस्तारै विस्तारै एक अर्का प्रति आर्कषित भएका थिए । आर्कषण र प्रेम, जिवनका नितान्त फरक फरक धार हुन भन्ने कुरा दुवैले राम्ररी बुझेका थिए । त्यसैले आर्कषण भन्दा माथि उठेर दुवैजना पवित्र प्रेमको डोरीमा बाधिँन चाहन्थे । तर सौगात र सगुन फरक फरक संकायका विद्यार्थी भएकाले एक अर्कालाई देख्न हप्तौ समय लाग्थ्यो । देखा देख भए पनि एक आपसमा बोलीचाली गर्न संकोच मान्थे । सौगात र सगुन एक अर्कासंग नजिक हुन लालयित थिए । अफसोच ! दुवै पक्ष अरुको सहयोग विना कुराकानी गर्न हिचकिचाइ रहेका थिए ।

एक दिन कलेजको चमेना गृहमा सौगात साथीहरुसँग चाउमिन खादै थियो । सँयोगवस, सगुन पनि साथीसँग चमेनागृहमा झुल्कीनछिन् । सौगातलाई देखेपछि, सगुन चाउमिन नै अर्डर गर्छिन् । सौगात र सगुन आ–आफ्ना साथीहरुको आखाँ छल्दै एक अर्कासँग बारम्बार नजर जुदाउँछन् । चाउमिनको प्लेट रित्तिना साथ, सौगात सगुन बसेको टेबल हुदै काउण्टरमा पुग्छ । आफु लगायत सबै साथीहरुको खाजा बिल भुक्तान गर्छ र चेमना गृहबाट बाहिरिन्छ । “सौगात केही बेर अझै चमेनागृहमा बसेको भए हुन्थ्योनी । किन हतार गरि बाहिरिएको होला ।” सगुन मनमनै कुरा गर्छिन् । यसै विच टिङ्ग – टिङ्ग – टिङ्ग गरि तिन पटक कलेजको घण्टी सुनिन्छ । “तेस्रो घण्टी एकाउण्ट सरको हो ।” भन्दै सगुन पनि चमेनागृहबाट बाहिरिन्छीन् ।

घडीको सानो सुइ पाचँ र ठुलो सुइले बाह्रलाई छोएको थियो । सँधाझै बाबालाई सघाउन यज्ञपुरीमा रहेको डिर्पाटमेन्ट स्टोरमा सौगात पुगेको थियो । डिपार्टमेन्टका कर्मचारी सँगैसँगै सरसामान मिलाउदै थियो । ठिक त्यही समय, उसको सामसुङ्ग ब्राण्डको मोवाइलबाट मेसेजको घण्टी गुन्जन्छ । “प्यारो साथी सौगात, भोलि पर्ने मेरो जन्मदिनमा बिशेष उपस्थितिको अपेक्षा गरेकी छु ।

स्थान– नारायणी रेस्टुरेण्ट एण्ड बार, पुलचोक, भरतपुर

समय– २ः३०

अनुरोधकर्ता – ऋृचा भट्ट”

सौगात भोलि २ः३०मा नारायणी रेस्टुरेण्ट एण्ड बारमा हाजीर हुन्छ । त्यहाँ उसले ऋृचालाई मात्र देख्छ । रिर्जव गरिएको कोठामा न त कुनै साजसज्जा छ, न त कुनै आमन्त्रीतको उपस्थिति । सौगात थोरै अलमलमा पर्छ । सौगातको अलमल चिर्दै ऋृचा भन्छिन् “सौगात, तिमी आजको कार्यक्रमको पहिलो पाहुना हौ । सबैलाई २ः३० बजे डाकेकी हु । आमन्त्रित साथीहरुले नेपाली टाइम ठान्नु भए जस्तो छ ।” नेपालमा औपचारिक वा अनौैपचारिक क्रियाकलाप तोकिएको समय भन्दा धेरै ढिला शुरु गर्ने शैलीलाई “नेपाली टाइम” भनिन्छ । तर सौगातको जहाँ पनि तोकिएकै समयमा हाजीर हुने बानि छ । सौगात ऋृचा र वेटरसँग कोठाको साज सज्जा मिलाउनमा व्यस्त हुन्छ । केहिबेरमा कोठा पूर्णरुपले सजिन्छ । विस्तारै विस्तारै आमन्त्रित साथीहरुको सहभागीता बढ्दै जान्छ । केक आउन थोरै ढिला हुन्छ । जुन निधारित समय भन्दा तिस मिनेट ढिला आइपुग्छ । केक आउना साथ, ऋृचा नया साथीलाई फोनमा झट्टै आउना अनुरोध गर्छिन् । ऋृचाले फोन सम्वाद गरेको पाचँ मिनेटमा, सगुन टुप्लुक्क हाजिर हुन्छिन् । सगुनको अप्रत्याशीत आगमनले सौगातको मनमा हलचल हुन्छ । सगुन पनि सौगातलाई देख्ना साथ आश्र्चय चकित हुन्छिन् । पाचँ महिना अघि मात्र ऋृचा र सगुन बिच चिनजान हुने अवसर जुरेको रहेछ । दुवैका बुबाहरु एउटै बैकंका कर्मचारी भएकाले छोरीहरु बिच सम्र्पक बढेको रहेछ । ऋृचाको घडीमा ३ः४५ बजेको थियो । सबै साथीहरु ऋृचालाई केक काट्न आग्रह गर्छन् । साथीहरुको आग्रहलाई स्विर्कादै ऋृचा केक काट्न राजी हुन्छिन् । आमन्त्रित चौध जना साथीहरुका बिच उभिएर ऋृचा केक काट्न लाग्छिन् । ऋृचाले समाएको चक्कु केकमा पर्ना साथ, उपस्थित सबै साथीहरु स्वरमा स्वर लयमा लय मिलाउदै गित गाउँछन् ।

हेप्पी वर्थ डे टु यु, हेप्पी वर्थ डे टु यु, हेप्पी वर्थ डे टु यु ऋचा, हेप्पी वर्थ डे टु यु गितको अन्तसगै सबैजना ताली बजाउँछन् । गित र तालीले ऋृचा प्रफुल्लीत हुन्छिन् । सर्वप्रथम ऋृचालाई सगुनले केक खुलाउँछिन् । त्यसपछि सबैलाई ऋृचाले केक बाडँछिन् । केक निक्कै स्वादिलो थियो । त्यसैले सबै साथी स्वादिलो र मिठो केकको सरहना गर्छन् । ऋचा साथीहरुलाई धन्यवाद भन्छिन् । त्यसपछि साथीहरु माझ सगुनको परिचय दिन्छीन् । “साथीहरु, यिनि मेरो नँया साथी सगुन अमात्य हुन् । यिनको अस्थायी ठेगाना पूलचोक भरतपुर हो । स्थायी ठेगाना धापाखेल ललितपुर हो । यिनको बुबा नेपाल राष्ट्र बैंक भरतपुरमा कार्यरत हुनुहुन्छ । हाल यिनि विरेन्द्र बहुमुखी क्याम्पस वि.वि.एस प्रथम वर्षमा अध्ययन गर्छिन् ।”
सगुनको संक्षिप्त परिचय सकिना साथ, ऋचा सम्पूर्ण साथीलाई आ–आफ्ना रुचि अनुसार नेपाली, चाइनिज र इण्डीयन परिकारका मज्जा लिन अनुरोध गर्छिन् । साथीहरु आ–आफ्ना रुचि अनुसारको परिकार प्लेटमा राख्छन् । सबैजना खानपिन र कुराकानी मै व्यस्त देखिन्छन् । नेपथ्यबाट अन्जु पन्त र सुगम पोख्रेलको युगल स्वरमा सजिएको नेपाली चलचित्र क्याप्टेनको गित गुन्जन्छ ।
“रहर छ सगै
हुने तिमी सँग
के छ के छ, त्यस्तो
कुन्नी, तिमी सँग ।”
“रहर छ सगै” ऋचाको मनपर्ने गित रहेछ । सगुन र सौगात, पहिलो पटक यो गित सुनेका रहेछन् । दुवैलाई यो गितले मन छोएको रहेछ । गितमा अनमोल केसी र उपासना सिंह ठकुरी विच सँगै हुने रहर भएझै, सौगात र सगुनमा पनि सँग सँगै हुने रहर पलाउँछ । ऋचा आमन्त्रित साथीहरुसँग सगुनको परिचय गराउने क्रममा सौगातको नजीक आइपुग्छीन् । सगुनको परिचय सामूहिक रुपमा भइसकेकाले सौगातको परिचय बाँकि रहन्छ । ऋचा सौगातको परिचय सगुनलाई यसरी खुलाउँछिन् । “उ मेरो बालापनको साथी हो । उसको नाम सौगात श्रेष्ठ हो । सौगात र म नर्सरी देखि कक्षा दश सम्म भरतपुर–१२, नवरत्न टोलमा अवस्थित ग्रिन ल्याण्ड पब्लीक स्कुलमा पढेका हौ । उ हाकीम चोक भरतपुरको स्थायी बासिन्दा हो । उसको भरतपुर–७ यज्ञपुरीमा डिपार्टमेन्ट स्टोर छ ।” सौगात र सगुन प्रथम पटक एक अर्कासँग परिचित भएका छन् । परिचय आदानप्रदान पछि, दुवैजना प्रेमपत्र प्रतियोगितामा प्रथम र दृतिय भएको कुरा ऋचालाई सुनाउँछन् । सौगात र सगुनको कुरा सुनेर, ऋचा छक्क पर्छिन् । तिमीहरु एउटै प्रतियोगितामा प्रतिष्पर्धी भएर पनि आज बल्ल परिचित हुदैछौ ? सौगात र सगुन मुसुमुसु हास्दै “यू आर राइट ऋचा ” भन्छन् । आहा कस्तो रमाइलो संयोग ! दुई प्रतिष्पर्धी मेरो जन्मदिनमा साथी बन्दैछन् । सौगात र सगुन एक अर्कासगँ परिचित हुने वातावरण सृजना गरिदिएकोमा ऋचालाई धन्यवाद दिन्छन् । “तिमीहरुको मित्रता अटुट रहोस् ।” ऋचा सौगात र सगुनलाई शुभकामना दिन्छीन् । वेटर पाहुनाहरुलाई छिन छिनमा थरी थरीका परिकार पेश गर्छ । आमन्त्रीत साथीहरु खानपिन र गीत संगीतमा रमाएका हुन्छन् । साथी सङ्गीहरु रमाएको दृष्यले ऋृचा प्रफुल्लीत हुन्छीन् ।

कुनै कुराको सुरुवाट सँगै अन्त पनि अकाट्य हुन्छ भनेझै । साझँको ठिक ६ बजे बर्थडे कार्यक्रम समापन हुन्छ । सौगात र सगुन ऋचालाई पूनह जन्मदिनको शुभकामना दिदै बिदा हुन्छन् । अन्य साथीहरु पनि विस्तारै विस्तारै बिदा माग्छन् । सगुन आफ्नो कोठामा पुग्छिन् । सौगात बाबालाई सघाउन यज्ञपुरी पुग्छ । दुवै जना वर्थ डे पार्टीमा निकै रमाएका थिए । एक अर्कासगँ फोन नम्बर आदान प्रदान गरेका थिए । त्यस रात दुवैजना एक अर्काको फोनको प्रतिज्ञा गर्छन् । पहिला कसले फोन गर्ने ? दुवैजना अलमलमा पर्छन । यहि अलमलका बिच, राती ९ः३० तिर सौगातको मोवाइलमा दुई मिस कलको ध्वनी गुन्जन्छ । सौगातले अपेक्षा गरेझै, सगुनको नाम र नम्बर मोवाइलमा देखिन्छ । सौगातलाई फोन गर्ने तिव्र इच्छा नभएको कहाँ हो र ! सगुनले नराम्रो सोच्ने होकी भनेर रोकिएको रहेछ । अब सगुनले नै मिस कल गरेपछि, म किन फोन नगरु? यस्ता कैयौ प्रश्नहरु सौगातको मनमा उब्जिन्छ । तथापी फोन संम्वाद कसरी शुरु गर्ने हो ? सौगात रणभुल्लमा पर्छ । रणभुलमा परि, सगुनलाई फोन गर्न सकेको छैन । उता सगुन पनि दुई मिस कलको जवाफ नआउदा थोरै चिन्तित हुन्छीन् । “आजै फोन नम्बर आदान प्रदान भएको हो ! राती मिस कल गर्दा, सौगात मेरो बारेमा के सोचेको होला?” वास्तवमा, सौगात र सगुन एक अर्कासगँ फोनमा लामो कुराकानी गर्न चाहन्छन् । तर दुवैजना लोकलाजको परिवन्दमा फसेका छन् । जसकारण दोहोरो सम्वादमा पूर्ण विराम लागेको छ । तथापि एक अर्काको मुहार झलझली सम्झीरहेका छन् । रात छिप्पीदै थियो । दुवैलाई मध्यरातसम्म निद्रा लाग्दैन । छटपटाहटकै बिच, सौगात ओछ्यानबाट टेबलतिर हात फिजाउँछ । हात फिजाएको पाचँ सेकेण्डमा मोवाइल समाउँछ । मोवाइलको अगे्रजी अक्षर, औला र मस्तिष्कको समायोजनले जुरेको शब्द शब्दबाट दुई तिन वाक्य बन्छ । त्यही वाक्यहरु सगुनलाई मेसेज मार्पmत पठाउँछ । सौगातको मेसेज सगुनले क्षणभरमै प्राप्त गर्छिन् । “प्यारो साथी सगुन, मिस कल फोनको लागी आभारी छु । तर तिमीलाई फोन गर्न नसकेकोमा क्षमा चाहन्छु । भोली कलेजमा भेट्ने अपेक्षा राखेको छु ।” ढिलो भयो तर राम्रै भयो भने उखान जस्तै, सौगातको मेसेजले सगुन तरङ्गीत हुन्छीन् । हर्षित मुद्रामा मेसेजको उत्तर फर्काछिन । “मेसेजको लागी धन्यवाद, भोलि कलेजको चमेनागृहमा तिम्रो प्रतिक्षा गर्ने छु ।”

अर्को दिन, सौगात कलेजको पोसाकमा सजिएको हुन्छ । सगुन पनि कलेज जान आतुर देखिन्छीन् । यसै बिच कलेज प्रशासनको एउटा सूचनाले दुवै जना खिन्न हुन्छन् । “विद्यार्र्थी संगठनद्वारा शैक्षिक हडताल गरेकोले, आज विरेन्द्र बहुमुखी क्याम्पसको पठनपाठन पूर्णरुपले बन्द रहने छ ।” सायद “पहिलो गासमै ढुङ्गा” भन्ने उखान यस्तै अवस्थालाई चित्रित गर्न प्रयोग गरिन्छ होला । तर सौगात र सगुनलाई पुराना भनाइ र उखान टुक्का भन्दा स्वयममा धेरै विश्वास थियो । त्यसैले दुवै जना कलेजको चमेनागृहको सट्टा बिसहजारी तालमा भेट्ने निधो गर्छन् । भरतपुरबाट ५ किलो मिटर पुर्वमा पर्ने बिसहजारी तालमा, दुवैजना पाच मिनेटको अन्तरमा पुग्छन् । ताल वरपरको हरियाली वातावरणले दुवैलाई मन्त्र मुग्ध बनाउँछ । त्यहाँ देखिने अनेकौ प्रजातिका जलचरहरुले उनिहरुलाई आन्नदित तुल्याउँछ । त्यो भन्दा बेसी, एक अर्कासगँ पहिलो पटक एकान्तमा भेटघाट भएकोमा आंैधी खुशी हुन्छन् । उनिहरु एक अर्कालाई नजिकबाट नियाल्छन् । एक अर्काको कुरा सुन्न आतुर हुन्छन् । दुवैजना आ–आफ्ना अविभावकका एक्ला एक्लै सन्तान रहेछन् । जुन सौगात र सगुन पारिवारिक प्रसङ्गमा एक अर्कालाई सुनाउँछन् । दिनको ठिक एक बजेको थियो । रुखमा जोडी ढुकुर देखिन्थ्यो । सगुन र सौगात बिचको दुरी घट्दै थियो । सौगात, सगुनको झन नजिक जान्छ। उ थोरै हिम्मत जुटाउदै आफ्नो पहिलो प्रेम प्रस्ताव सगुनलाई सुनाउँछ । सौगातको प्रेम प्रस्ताव सुनेपछि सगुन फुरुङ्ग हुन्छीन् । धेरै अघि सुन्न चाहेको प्रेम प्रस्ताव आज सुन्न पाउँदा, सगुनमा हर्षको कुनै सिमाना रहदैन । सगुन हर्षित हुदैसौगातको प्रेम प्रस्तावलाई तत्कालै स्विर्काछिन् । दुवैजना आ–आफ्ना सपना पुरा भए जस्तै अनुभुती गर्छन् । एक अर्कालाई अङ्कमाल गर्छन् । अङ्कमालको सिलसिला करिब पाचँ सात मिनेटसम्म चलिरहन्छ । यस्तो सामिप्यताले दुई बिचको अतुल्नीय प्रेमभाव झल्कन्छ । त्यसपछि, शुरुवाती दिनहरुमा दुवैजना एक अर्काको फोटो हेदै रमाउने गरेको कुरा सम्झन्छन् । ति दिनहरु सम्झदा दुवैजना थोरै भावुक हुन्छन् । आयोजकले एक एक प्रति फोटो उपल्बध नगराएको भए, आजको दिन कहिले नआउने कुरामा दुवैजना सहमत हुन्छन् । दुवैलाई नजिक ल्याउने प्रेमपत्र प्रतियोगिता र ऋचा प्रति आभारी हुन्छन् । सगुनको घडीले दुई बजेको संकेत दिन्छ । भोलि कलेजमा भेट्ने वाचा सहित दुवैजना बिस हजारी तालबाट आ–आफ्ना घर फर्किछन् ।

विद्यार्थीहरुको माग सम्वोधन भएकाले दोस्रो दिनको शैक्षिक हडताल फिर्ता भइसकेको थियो । त्यसैले सौगात र सगुन बिच बिसहजारी तालमा भएको वाचा अनुसार नै कलेजमा भेटघाट सम्भव हुन्छ । दुवैजना कलेजको चमेना गृहमा भेट्छन् । यि दुई जोडी कलेज र बिस हजारी ताल बाहेक राप्तीनदी, राधाकृष्ण मन्दिर, क्याम्पा चौर, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी पुल, तथा मौला कालिका मन्दिरमा नियमित रुपले भेटघाट गरिरहन्छन् । एक आपसको प्रेममा रमाउँछन् । सौगात र सगुन बिचको नियमित भेटघाटलाई लिएर उनिहरु बिच प्रेम सम्बन्ध भएको धेरैले अडकल काट्छन् । कतिपयले सौगात र सगुनलाई प्रेमपत्र प्रतियोगिताले जुराइदिएको जोडी भनेर पनि चिन्छन् ।

Comments
Related News