चलचित्र देउतालाई फर्केर हेर्दा

सिनेपत्र/काठमाण्डाै
त्रिपुरसुन्दरी इन्टरनेशनल सिने आर्ट प्रा.लि को प्रस्तुति युवराज लामा द्धारा निर्मित रहेको चलचित्र देउता वि.सं.२०४७ मा प्रदर्शन भएको हो । यस चलचित्रका निर्देशक तुलसि घिमिरे हुन् । कारसाङ्ग लामा निर्माता रहेको चलचित्रमा कथा, पटकथा, संवाद र सम्पादन स्वयंम तुलसी घिमिरेको रहेको छ । चलचित्र देउतामा हरि राय छायांकन रहेको छ ।
राजेश हमाल, श्रवण घिमिरे, सृजना बस्नेत, युवराज लामा, टिका पहाडी, रामचन्द्र अधिकारी, मुकुन्द श्रेष्ठ, माया प्रधान, भिम सिंह, तुलसी घिमिरे आदि कलाकारहरुले यस चलचित्रमा अभिनय गरेका छन् । त्यो समय ताका चलचित्रले व्यापार राम्रो गरेको थियो । चलचित्रमा संगीत रन्जीत गजमेरको रहेको छ । ‘पिरतिको मिठो तिर्सना’, ‘के भन्ने हाम्रो समय’, ‘अब यो बाटो’ जस्ता निकै कर्णप्रिय गीतहरु यस चलचित्रमा समावेश छन् ।
चलचित्र देउतामा कलाकारहरुले निर्वाह गरेको भुमिका यस्तो छ ।
राजेश हमाल – शंकर
श्रवण घिमिरे – सोनाम
सृजना बस्नेत – सृजना तुलसी घिमिरेकी छोरी
युवराज लामा – निमा
टिका पहाडी – प्रभाकर
रामचन्द्र अधिकारी – बाघ सिङ्ग
मुकुन्द श्रेष्ठ – धन्टि बाबा
माया प्रधान – जानकी फुपु सृजनाकी फुपु हुन्छिन् ।
तुलसी घिमिरे– धनाढ्य व्यक्ति हुन्छन् ।
चलचित्रको पहिलो दृष्य एउटा घरबाट शुरु हुन्छ । जहाँ अर्थात् तुलसी घिमिरे र उनको छोरी सृजना अथात् सृजना बस्ने बस्दै आएका हुन्छन् । सृजनालाई पेन्टङ्ग गर्न र गाउँले जिवन साह्रै मन पर्छ । यता प्रभाकर अर्थात् टिका पहाडी आफ्नो हंकङ्गबाट फर्किन लागेको छोराको बिहे सृजनासँग गर्नको लागि आफ्नो बिजनेश पार्टनर समेत रहेका तुलसी घिमिरे लाई कुरा गर्छन् । बिहे पश्चात पनि छोरि आफ्नै आखाँ अगाडी हुने भएकोले तुलसी घिमिरे बिहेको लागि सकारात्मक हुन्छन् ।
बुवाको निर्णयबाट असन्तुष्ट सृजना घरबाट भागेर जानकी फुपु अर्थात माया प्रधानको घर पुग्छिन् । बाटोमा सृजनाको भेट खलपात्र निमा अर्थात् युवराज लामासँग हुन्छ । निमाले सृजनालाई मन पराउँछ । उता एक्कासि आफ्नी भदैनिलाई देखे पछि जानकि फुपु केहि छिन भाबुक हुन पुग्छिन् ।
भनिन्छ, जहाँ अध्यारो हुन्छ । त्यहाँ उज्यालो पनि हुन्छ । निमा जस्तो फटाहा र सन्की जस्तो मान्छे भएको गाउँमा सोनाम अर्थात श्रवण घिमिरे जस्ता सज्जन र शान्त स्वभावको मान्छे पनि बस्ने गर्थे । सोनामको बानी व्यावहारले गर्दा सृजना सोनाम प्रति आर्कषित हुन पुग्छिन् । उता सृजनाको बुवा सृजना अचानक गायब भएकोमा चिन्तित हुन्छन् र सृजनालाई खोज्न थाल्छन् ।
सोनाम र सृजना दिन प्रति दिन नजिकै जान्छन् । दुवैले एक अर्कालाई माया गर्न थाल्छन् ।
समय बित्दै जान्छ । एक दिनको कुरा सोनामको भेट कलेजमा मिल्ने साथी शंकर अर्थात् राजेश हमालसँग हुन्छ । सोनाम र शंकरको जिवन जिउने सिद्धान्त फरक हुन्छ तर दुवै एक दमै मिल्ने हुन्छन् । शंकरको भेटसँगै चलचित्रमा नयाँ मोड आउँछ ।
शंकरको सिद्धान्त अनुसार कसैले एक गालामा थपड् हान्यो भने उसको बङ्गारा झर्ने हुन्छ । शंकरको भेट् निमासँग हुन्छ । गाउँलेलाई सधै हप्की दप्कीमा राख्दै आएको निमालाई शंकरको मार पिट्ले ठिक ठाउँमा ल्याएको हुन्छ । शंकरको आगमनले गाउँले सबै खुशी हुन्छन् । उता सोनाम र सृजनाको मायाको कुरा शंकरले थाहा पाएको हुँदैन् । सृजनाको आनि बानिले गर्दा शंकरले सृजनालाई माया गर्न थाल्छ । जस्ले सिनेमालाई नयाँ मोड दिन्छ ।
सृजनाले घरबाट भागेर आएको कुरा सोनामलाई सुनाउछे । यो कुरा खलपात्र निमा यानेकी युवराज लामाले सुन्छन् ।
निमा सृजनाको कुरा लिएर सृजनाको बुवा यानेकी तुलसी घिमिरेकोमा पुग्छन् । जस्ले फिलिम झन् रोचक बन्छ ।
सृजनालाई उसको बुवाले गाउँबाट काठमाडौ फर्काऊछन् । उता शंकरले जानकी फुपुलाई सृजना सम्झेर आफ्नो माया व्यक्त गर्छन् । जानकी फुपुले सृजनालाई काठमाडौ लगेको कुरा शंंकरलाई सुनाउँछिन् । शंकरले सृजनालाई घरबाट भगाएर गाउँ पु¥याउँछ । उता सम्पत्तिको लागि सृजनाको बिहे आफ्नो छोरासँग गर्न लागेको प्रभाकर यानेकी टिका पहाडीको कुरा सृजनाको बुवा तुलसी घिमिरे सुन्छन् ।
सृजनाले सोनाम यानेकी श्रवण घिमिरेलाई मन पराउने कुरा शंकर यानेकी राजेश हमालले थाहा पाउँछन् । शंकर आफ्नो पिंढा लुकाउँछ । सृजना र सोनामको बिहेको तयारी हुन्छ । शंकर शुभ कार्यको लागि देऊरालीमा पाती चढाउन जान्छ । त्यहि क्रममा शंकरको भेट प्रभाकरका गुण्डाहरुसँग हुन्छ । फाइट पर्छ । त्यहि क्रममा शंकरलाई खुकुरीको प्रहार लाग्छ । गुण्डा सबैलाई मारेर रक्तामे अवस्थामा बिहे भएको ठाउँमा पुग्छन् । त्यहि शंकरले आफ्नो प्राण त्याग गर्छन् र फिलिम सकिन्छ ।
यदि तपाईहरुले यो सिनेमा हेर्नु भएको छैन भने एक पटक अवश्य हेर्नु होला । यस चलचित्रको बिषयबस्तु र गीत संगीतले तपाईलाई समय बितेको पत्तो हुँदैन ।




