चलचित्र पत्रकार माथि गम्भीर आरोप– ‘५ हजारे पत्रकार !’

  • आचार संहिता माथी छलफल चलिरहदा, चलचित्र पत्रकारमा लागेको एउटा गम्भीर आरोप माथी कुरा उठ्यो ।
  • सिनेपत्र/काठमाण्डाै‌

    यही भाद्र १८,१९ र २० गते चलचित्र पत्रकार संघले पोखरामा चलचित्र पत्रकार कार्यशाला–२०७६आयोजना गरेको थियो । जसमा चलचित्र पत्रकारहरुको वृत्तिविकासका विभिन्न विषयमा छलफल भएको थियो ।
    कार्यशालामा छापा, टेलिभिजन र रेडियोका पत्रकार कम सहभागी थिए भने अनलाईन र युट्युव चलाउने सहभागीहरु धेरै थिए । हेर्दा यस्तो लाग्थ्यो, अनलाईन र युट्युवमा काम गर्ने बाहेक अरु पत्रकारनैं छैनन् ।
    कार्यशालामा पत्रकारको आचार संहिता माथी छलफल चलिरहदा, चलचित्र पत्रकारमा लागेको एउटा गम्भीर आरोप माथी कुरा उठ्यो । त्यो थियो ‘५ हजारे पत्रकार !’

    के हो ५ हजारे पत्रकार ?
    कुनै पनि चलचित्रको समाचार लेख्न पत्रकारलाई ५ हजार रुपौया दिएमा ‘५ हजारे पत्रकार’ भनिदो रहेछ । चलचित्रको प्रचारप्रसारको लागी एक जना ब्यक्तिलाई जिम्मा दिईदो रहेछ । जस्ले आफु अनुकुलका पत्रकारहरुलाई समाचार लेख हैं भन्दैं ५ हजार दिईदो रहेछ । यो कुरा त्यही सहभागी एक पत्रकारले आफ्नो नाम नबताउने शर्तमा भनेका थिए ।

    किन हुन्छ यस्तो ?
    अहीले संचार माध्यमहरु धेरै भए र केही ब्यक्तिहरु पेशा प्रति भन्दा पनि पैसामुखी भए । पहिले पहिले कम चलचित्र बन्ने गर्दथ्यों र चलचित्र सम्बन्धी गतिविधि पनि कम हुने गर्दथ्यों सबै रंगपत्रकार विना कुनै अपेक्षा काम गर्दथें । अहिले त्यो समय नरहेको चलचित्रकर्मीहरु बताउने गर्दछन् ।
    पत्रकार आचार संहिता–२०७३ मा प्रस्ट भनिएको छ, ‘कुनै पनि समाचार सम्प्रेसणका लागी कुनै शुल्क लिनु हुदैं’ तर यति हुदा हुदैं पनि चलचित्र पत्रकारका नाममा यस्तो गम्भीर आरोप लाग्ने गरेको छ । कति चलचित्र पत्रकारहरुलाई यो जिज्ञासा राख्दा समाचारको लागी पैसा नलिएको तर विज्ञापन वापतको पैसा लिएको बताउने गर्दछन् ।

    एक जना नयाँ गायक एक भेटमा गुनासो गर्दै थिए,–‘फलानो अनलाईनमा मेरो कृतिको बारेमा समाचार राखौं भनेको सिधैं कति पैसा दिने पो भन्छ बा !’ यसरी गुनासो गरी रहदाँ लाग्यो हाम्रो पत्रकारिता कता जादैं छ ।
    शायद यिनै कारण हुन सक्छ यस्ता ट्याग चलचित्र पत्रकार माथि लाग्नुमा पनि ।
    यसरी यस विषयमा कुरा गरिरहदाँ यो आरोप मात्र हो या यर्थाथ पनि हो यस बारेमा छानविन गर्नु चलचित्र पत्रकार संघको दायित्व पनि हुने गर्दछ । यसरी आरोप खेपी रहदा चलचित्रका विकास र संवद्र्धनका लागी आफ्नो पेसा प्रति सधैं निष्ठावान चलचित्र पत्रकारको मन अमिला पनि हुने गर्दछ । यता पट्टि पनि ध्यान जान जरुरी छ । चलचित्रकर्मीहरु पनि आफ्नो चलचित्रको प्रचारप्रसारको जिम्मा एक जनालाई नदिएर समन्वयनकारी भुमीका खेल्ने जिम्मा चलचित्र पत्रकार संघ, नेपाललाई दिनु पर्दछ । साथै संघले पनि चलचित्र पत्रकारहरु विच समाचार संप्रेसणका लागी समन्वय गर्नु पर्छ ।

    Comments
    Related News