छक्का पञ्जालाई फर्केर हेर्दा

सिनेपत्र/काठमाण्डौँ
आज हामी फर्केर बि.सं. २०७३ मा प्रदर्शन भएको सुपरहिट सिनेमा छक्का पञ्जा हेर्दैछौ । आमा सरस्वती गीता देवी फिल्मस् प्रा.लि. को प्रस्तुति सिनेमा छक्का पञ्जा लाई दिपा श्री निरौलाले निर्देशन गरेकी हुन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको सिनेमा छक्का पञ्जा मा कथा,पटकथा,संवाद दिपराज गिरीको छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रलाई बिपिन मल्लले सम्पादन गरेका छन् । ‘पुर्व पश्चिम रेल’ र ‘देखन चम्पा’ जस्तो गीतसंगीतले सिनेमालाई सुनमा सुगन्ध थप्ने काम गरेको छ । यसैले त सिनेमाले दर्शकको मन जिति कमाइ पनि राम्रो गरेको थियो ।
चलचित्र छक्का पञ्जा मा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ्ग, शिव हरि पौडेल, बर्षा राउत, नम्रता सापकोटा आदि कलाकारहरुले अभिनय हेर्न पाइन्छ । हाल यो समुहले निर्माण गरेको चलचित्र छमाया छपक्कै असोज २४ गते प्रदर्शनको तयारीमा रहेको छ ।
कलाकारहरु चलचित्र छक्का पञ्जा कलाकारहरुले निर्वाह गरेको भुमिका यस्तो छ ।
दिपकराज गिरी– राजा
प्रियंका कार्की– चम्पा
बर्षा राउत– बृन्दा
शिव हरि पौडेल– अतित
सारदा गिरी – माग्नेकी आमा काली बुढि
बुद्धि तामाङ्ग– जेटि
बसुन्धारा भुषाल– राजाकी आमा
जितु नेपाल– सरस्वती (पण्डीत)
केदार घिमिरे– माग्ने
नम्रता सापकोटा – बिष्णु ( जितुको लवर)
मुलत , सिनेमा छक्का पन्जामा वैदेशीक रोजगारिले हाम्रो गाउँ प्रभावलाई देखाउन खोजिएको छ । सिनेमाको पहिलो दृष्य बाटोमा छ । जहाँ डिभि परेको अतित यानेकी शिव हरि पौडेललाई बिदाई गर्न र बस सम्म छोड्नको लागि साथिहरु आएका छन् । अतितको बिहे आफु भन्दा २० बर्ष कान्छी युवति बृन्दा यानेकी बर्षा राउतसँग हुन्छ । शुरुमा त छोरी दिन मानेका हुँदैनन् तर डि भि परेको पछि छोरी दिन राजि हुन्छ । राजा यानेकी दिपक राज गिरीकी आमा अर्थात् बसुन्धरा भुसाल राजाको बिहेको निम्ती कन्याको खोजिमा हुन्छीन । उता जेटि यानेकी बुद्धि तामाङ्ग श्रीमती पिढित हुन्छ । उसकी श्रीमती काम नगरि गाउँ डुलेकोमा जेटिलाई हप्काइ रहन्छे । सरस्वती अर्थात जितु नेपाल पडिण्तका छोरा हुन्छन् । आफ्नो काम र नाम बाट उनी दिक्क भएका हुन्छ । भने माग्ने यानेकी केदार घिमिरेको विभिन्न क्रियाकलापले गर्दा उनकी आमा सारदा गिरि गाउँलेको नाना थरिको कुरा सुन्न बाध्य हुन्छीन् । यी चारैजना एउटै ग्याङ्गका हुन्छन् र उनीहरु बेरोजगार हुन्छन् ।
अतित यानेकी शिवहरि पौडेल अमेरिकाको लागि निस्कन्छन् । श्रीमान् सबै अरबको खाँडिमा, श्रीमती अर्कैको गाडिमा भने झैँ यता अतितकी श्रीमती बृन्दा यानेकी बर्षा राउत र राजा यानेकी दिपक राज गिरीको अवैध सम्बन्ध रहेको रहस्य बाहिरिन्छ । जस्ले सिनेमा लाई नयाँ मोड दिन्छ । राजाको कुरा लिएर गाउँले सबै राजाको घर पुग्छन् । गाउँलेहरु राजाले सरस्वती , जेटि, माग्ने सबैलाई बिगारेको कुरा राजाको आमालाई सुनाउँछन् । यो कुराले राजाकी आमा बसुन्धरा भुषाल चिन्तित हुन्छिन् र राजालाई सुधार्नको निम्ती बिहे गर्ने निर्णयमा पुग्छिन् । राजाले आमाको दबाबले बिहे गर्न राजि त हुन्छ तर बिहेको लागि राजाले केहि अचम्मको शर्त अगाडि सार्छ । बाटोमा क्यारमबोर्ड खेलिरहेको समयमा बुद्धिले आफ्नो श्रीमतीलाई नाना थरि भनिरहेको बेला उसकी श्रीमती पछाडि टुप्लुक्क आएर सुन्न पुग्छे जस्ले गर्दा बुद्धि बेलुका घरजान डराउँछ । यता राजा र अरु साथीहरुले बुद्धिलाई हुने नहुने सिकाउँदै रक्सी पिलाउँछ । श्रीमती कुटे पछि बुद्धिकी श्रीमती घर छोडेर माइत जान्छे । बहिनी कुटेको थाहा पाए पछि बुद्धिका जेठान यानेकी जयनन्द लामाले बुद्धिलाई नराम्रोसँग भकुर छन् । बुद्धिले कुटाई खाएको कुरा राजाले थाहा पाउँछ । उनीहरु बुद्धिको जेठानलाई कुट्न लागेको समयमा चम्पा यानेकी प्रियंका कार्कीको आगमन हुन्छ । राजाको लागि केटि हेर्ने क्रम चलिरहन्छ । धेरै ठाउँमा राजाको लागि केटि हेरिन्छ तर राजाको शर्त बिहे गरेर लगेको केटिलाई हरेका दिन थप्पड हान्ने सुनेर कसैले छोरी दिन मान्दैनन् । यसै गरी एउटा घरमा राजाको लागि केटि माग्न जान्छन् । राजाले त्यो घरमा पनि आफ्नो शर्त सुनाऊ छन् । केटिको बुवाले मान्दैनन् तर केटिले त्यो शर्त मन्जुर गर्छे । त्यो केटि हुन्छे चम्पा यानेकी प्रियंका कार्की । उता राजाका साथीहरु राजाको बिहे हुने खबरले चिन्तित हुन्छन् । उनीहरु रक्सी पियर राजाको घर पुग्छन् । राजाको बिहेको तयारी चलिरहेको बेला फिलिममा एऊटा नयाँ मोड आउँछ । राजाको बच्चा बृन्दा यानेकी बर्षा राउतको पेटमा हुर्कि रहेको हुन्छ । गाउँको परिस्थिीती र रोगी आमाको बाध्यता बुझेर माग्ने बिदेश जानको लागि काठमाण्डौ हानिन्छ । यता अमेरिका गएको बृन्दाको श्रीमान् अतित यानेकी शिवहरि पौडेल गाउँ फर्कन्छ । राजाले चम्पालाई बिहे गर्छ । तर राजाले शर्त अनुसार थप्पड भने हान्न सक्दैन । बरु चम्पाले राजालाई सुधार्न उल्टै चौकि सम्म पु¥याउछे । समय र परिस्थिति कति खेर परिर्वतन हुन्छ कसैलाई थाहा हुँदैन् । चम्पाको बिगत सुने पछि राजाले चम्पालाई माया गर्न थाल्छ । सरस्वती यानेकी जितु नेपाल को पे्रमिका बिष्णु यानेकी नम्रता सापकोटासँग बिहेको निम्ती मान्छे माग्न पुग्छन् । यो देखेर सरस्वतीलाई अशैय हुन्छ । सरस्वतीले आफ्नो र बिष्णुको प्रेमको कुरा भनेर आएका मान्छेलाई त फर्काउछ तर बिष्णुलाई बिहे गर्ने भए पैसा कमाउन पर्ने र त्यसको लागि बिदेश जानु पर्ने कुरा बिष्णुको बुवाले सुनाएपछि सरस्वती राजासँग पैसा लिएर बिदेश जानको लागि काठमाण्डौ जान्छ । उता बुद्धिले पनि गल्तीको महशुस गर्दै आफुसँग रिसाएर माइत गएकी श्रीमतीलाई फकाएर घर फर्काउछ । दिनहरु राम्रौसँग चलिरहेको हुन्छ । फिलिममा आर्यन सिग्देलको आगमन सँगै नयाँ मोड आउँछ । चम्पा यानेकी प्रियंका कार्की ले राजा यानेकी दिपकराज गिरीलाई धोका दिएर आर्यन सिग्देलसँग भाग्छे । राजा चम्पालाई खोज्दै काठमाण्डौ पुग्छन् । पुलिस रिर्पोट गरे हल्ला हुने डरले उनीहरु पुलिसको मा नगई त्यो टोलको दादाकोमा पुग्छन् तर त्यो टोलको दादा माग्नेलाई देखेर छक्क पर्छन् । आर्यनले राजालाई फोन गरेर आफु र चम्पा बिहे गर्न लागेको रोक्न सक्ने भए रोक्न राजालाई च्यालेन्ज गर्छ । राजा बिहे रोक्न मन्दिर पुग्छ । जब मन्दिर पुग्छ । मन्दिरमा बिहे आर्यन र चम्पाको नभएर राजाको साथी अतीत यानेकी शिवहरि पौडेल र चम्पा यानेकी प्रियंका कार्कीको हुन लागेको रहस्य खुल्छ । यी सबै घटना पछि राजा सांसारिक मोह त्याग गर्दै सन्यासि हुन्छ । उता बृन्दा यानेकी बर्षा राउतलाई राजाकी आमाले बुहारी स्विकार गर्दै नाति, बुहारी र हजुरआमा सँगै बस्न थाल्छन् । सरस्वती यानेकी विदेश बाट फर्किन्छ र बिष्णु यानेकी नम्रता सापकोटालाई बिहे गर्छ । माग्ने पनि घर फर्किन्छ । बुद्धि वैदेशिक रोजगारिको लागि बिदेश लाग्छ र सिनेमा सकिन्छ ।
चलचित्र हेरुन्जेल समय बित्तेको थाहा हुँदैन । यो समुहले निर्माण गर्ने मेहनत राम्रो रहने भएको कारण त्यो मेहनत यिनीहरुले निर्माण गर्ने हरेक चलचित्रमा देख्न पाइन्छ । यदि तपाईले छक्क पञ्ज हेर्नु भएको छैन भने हेर्नु होला राम्रै मनोरञ्जन प्रदान गर्नेछ ।




