जात्रालाई फर्केर हेर्दा !

  • केहि गर्दा पनि पैसा पचाउन नसक्ने भए पछि पैसा प्रहरीलाई बुझाउन जान्छन् । जस्ले सिनेमा लाई रोचक मोड दिन्छ ।
  • सिनेपत्र/काठमाण्डौं

     

    हामी बि.सं. २०७३ मा प्रदर्शन भएको सुपरहिट चलचित्र जात्रा आज हामी फर्केर हेर्दैछौ । शक्तकोन आर्टस् प्रोड्क्सनको प्रस्तुति रहेको चलचित्र जात्रालाई प्रदिप भट्टराई निर्देशन गरेका हुन् । यस चलचित्रलाई सिङ्गे लामा र यादव पौडेलले निर्माण गरेका हुन् । डिर्घ गुरुङको छायांकन रहेको चलचित्रमा मित्र डि. गुरुङले सम्पादन गरेका छन् । चलचित्र जात्रालाई स्वयंम प्रदिप भट्टराईले लेखेका हुन् ।
    सिनेमा जात्रामा बिपिन कार्की, रविन्द्र सिङ्ग बानिया, रविन्द्र झा, बर्षा राउत, प्रेक्षा बाभ्रmचार्य, प्रकाश घिमिरे, प्रविण खतिवडा, कमलमणि नेपाल, भोला सापकोटा, साजन थापा मगर आदि कलाकारहरुले अभिनय रहेकोछ । शुरुमा कलाकारको परिचय दिउँ है ।

    बिपिन कार्की – फडिन्द्र
    रविन्द्र सिङ्ग बानिया – जयश
    रविन्द्र झा – मुन्ना
    बर्षा राउत – फडिन्द्रकी श्रीमती
    प्रेक्षा बाझ्रचार्य -जयशको प्रेमी
    प्रकाश घिमिरे – फडिन्द्रको ससुरा
    प्रविण खतिवडा – प्रहरी
    कमलमणि नेपाल – भिष्मे डन
    भोला सापकोटा– प्रहरी हल्वदार
    साजन थापा मगर – पटके डन आदि ।

    सिनेमा जात्रा एउटा यस्तो सिनेमा हो, जहाँ मध्यम वर्गीए र धनाढ्य जिवनस्तर बीचको भिन्नतालाई देखाउन खोजिएको छ । चलचित्रमा फडिन्द्र यानेकी बिपिन कार्कि सोझो र इमान्दार चरित्र व्यक्ति हुन्छन् । उनको एउटा सानो पुस्तक पसल छ । फडिन्द्रको ससुराली हुनेखाने धनाढ्य हुन्छन् । फडिन्द्रका ससुरा अर्थात् प्रकाश घिमिरे जग्गा दलाल हुन्छन् । त्यसैकारण फडिन्द्रलाई संधै जसो काठमाडौमा घडेरी किन्न दबाब दिई रहन्छन् ।

    सिनेमाको अर्को पात्र मुन्ना यानेकी रविन्द्र झा पेशाले उनी एउटा नाइ हुन्छन् । तराईमा सासुले चाँडै पैसा कमाउन दबाब दिए पछि उ सासुको सल्लाह बमोजिम मेपार्वर एजेन्ट बन्छ । केहि युवालाई बिदेश पठाइ दिन्छु भनेर सबैसँग पैसा उठाएर मेनपार्वरलाई बुझाउँछन् । मेनपार्वरको कसैले पैसा खाएर भाग्दिन्छ । उ त्यहि पैसा फिर्ता गर्नको निम्ति काठमाडौ आएको हुन्छ ।

    सिनेमाको अर्का पात्र जयश अर्थात् रविन्द्र सिङ्ग बानिया जो आफ्नो फेन्सी पसल बेच्न ग्राहक खोजि रहेका हुन्छ । तर उनको पसलमा ग्राहकको त कुरौ छोडौ झिङ्गा पनि भन्किन । जयशको इच्छा एउटा गजबको सिनेमा बनाउने हुन्छ । यी तीन व्यक्तिहरु एउटै टोलमा व्यवसाय गर्दै आएका हुन्छन् ।

    फडिन्द्र सँधैझै एका बिहानै पत्रिका पु¥याउनको लागि निस्कन लागेको हुन्छ । उसको पसल अगाडि एउटा बोरा हुन्छ । उसले त्यो बोरा आफुले अडर गरेका किताब सम्झेर पसल भित्र राखेर पत्रिका बाड्न निस्कन्छ । पत्रिका बाडेर फर्किए पछि फडिन्द्रलाई होलसेलरले अडर दिएको किताब पठाएको जानकारी दिन फोन गर्छ । फडिन्द्र हतार हतार बिहान किताब सम्झेर राखेको बोरा हेर्छ । त्यो बोरा किताबको नभएर पैसाको हुन्छ यति धेरै पैसा देखेर फडिन्द्र बेहोस हुन्छन् । अचानक फडिन्द्रले पैसा भेटे पछि सिनेमाले नयाँ मोड लिन्छ ।

    पुलिसले पैसा जसरी पनि पत्ता लगाउने त्यसको लागि कुकुर प्रयोग गर्ने भने पछि फडिन्द्र आत्तिदै पैसालाई त्यो टोल बाट बाहिर लैजाने योजना गर्न थाल्छन् । उता भिष्मे डन यानेकी कमलमणी नेपाल आफुहरुले बैङ्गबाट लुटेको पैसा फिर्ता ल्याउन केटाहरुलाई दबाब दिन्छन् ।
    ससुरालीको अपमानले गर्दा फडिन्द्र आफुले पाएको पैसा जसरी पनि पचाउने दाउमा हुन्छ । पैसा पाएको कुरा फडिन्द्रले लुकाउन खोज्दा खोज्दै जयश र मुन्नाले थाहा पाउँछन् । उता पटकेलाई पनि तीनजना माथि शंका हुन्छ र कुरा फुत्काउन रक्सी लिएर उनीहरु भएको ठाउँमा पुग्छ ।

    प्रहरी र भिष्मेका मान्छे पैसा खोज्नको लागि निकै मेहनत गरि रहेका हुन्छन् । प्रहरीले त्यो टोलमा सुरक्षा निकै मजबुद बनाएको हुन्छ । केहि सामान पनि चेक जाँच बिना बाहिर लान दिइदैन् । फडिन्द्र, जयश र मुन्ना भएर पैसाको बोरालाई फोहोर उठाउन आउँने रिक्सामा हाल्दीन्छन् र पैसालाई टोलबाट बाहिर पु¥याउँछन् । उनीहरुले त्यो पैसा घरको ट्याङ्गकीमा लुकाई राख्छन् । जस्ले सिनेमालाई रोचक बनाऊछ ।

    पैसा बोकेर बाटोमा गइरहेको बेला पटके र उनका साथीले देख्छन् । पैसाको लागि पटके मुन्ना र जयशको पिछा गर्छन् । उनीहरुले जयश र मुन्नालाई भेटाउँछन् र पैसाको बोरा लिएर पटके भिष्मे डनकोमा पुग्छन् । भिष्मे डनले बोरा त खोल्छ तर त्यसमा पैसा नभएर किताब हुन्छ ।
    भिष्मेको आइडिया अनुसार फडिन्द्र, मुन्ना र जयश बिदेशि बनेर क्यासिनो छिर्छन् । सो समयमा पुलिसको रेड पर्छ ती तिन जनालाई प्रहरीले समात्छ । उनीहरु त्यहाँ बाट छुट्छन् । जयशले केहि कुरा लुकाइरहेको हुन्छ । जस्ले गर्दा पैसा पचाउने सक्ने डरले मुन्ना र फडिन्द्र जयशको निगरानी गर्न थाल्छन् । जस्ले चलचित्रमा नयाँ रहस्य खुल्छ ।

    आ–आफ्नो समस्याले गर्दा उनीहरुले बोराको पैसा तीनजनालाई भाग लगाउँछन् । पैसा पाए पछि तीनैजनाले विभिन्न सपनाहरु देख्न थाल्छन् । एकको कुरा पुनः प्रहरीहरु आउँछन् । मुन्नाको शैलुनमा बसेर मालिस गराउने क्रममा प्रहरीले राष्ट्र बैङ्कले पैसाको नम्बर राखेको जुन दिन पैसा बाहिर आउँछ नम्बरको आधारमा चोर पत्ता लगाउने कुरा भने पछि । पैसा फेरि एकै ठाउँमा राखेर पैसा पचाउने उपाए खेज्न थाल्छन् । केहि गर्दा पनि पैसा पचाउन नसक्ने भए पछि पैसा प्रहरीलाई बुझाउन जान्छन् । जस्ले सिनेमा लाई रोचक मोड दिन्छ ।

    छलकपट गरेर भिष्मे र उनका चम्चाहरुले पैसा हात त पार्छन् । सोहि समयमा पटकेले प्रहरीहरु लिएर भिष्म डन भएको ठाउँमा पुग्छन् । प्रहरीले भिष्मे डन र भ्रष्ट प्रहरीलाई गिरप्तार गर्छन् । फडिन्द्र, जयश, मुन्ना र पटेकलाइइ नागरिक अभिनन्दन गरिन्छ । सोहि समयमा प्रहरी आएर उनीहरुले सरकारलाई बुझाएको पैसा नक्कली भएको भन्दै ती चारजनालाई प्रहरीले पक्रिन्छ र सिनेमा सकिन्छ ।

    Comments
    Related News