चलचित्र ‘करोडपति’ शब्दमा, हेर्ने हैन पढ्नु हाेस् !

सिनेपत्र /काठमाण्डौं
आजको फर्केर हेर्दामा हामी वि.सं.२०५३ मा प्रदर्शन भएको चलचित्र करोडपति प्रस्तुत गर्दछौं । काजल फिल्मस् प्रा.लि को पहिलो प्रस्तुतिभुवन के.सि द्धारा निर्मित रहेको चलचित्र करोडपतिलाई किशोर राना निर्देशन हुन् । विवेक के.सि , अनमोल के.सि, निर्माता रहेको चलचित्रमा काजल के.सि कथा ब्रजेश खनाल पटकथा संवाद रहेको छ । चन्द्रप्रकाश घिमिरेछायांकन रहेको चलचित्रलाई रजनि पन्तले सम्पादन गरेकी छिन् ।
चलचित्र करोडपतिमा भुवन के.सि, शुस्मिता के.सि, सन्तोष पन्त,निर शाह,रमेश उप्रेत्ति, खेम शर्मा, शिव हरि पौडेल, नरेश पौडेल आदि कलाकारले अभिनय गरेका छन् । सनि रौनियार अभिनय गरेका छन् ।
कलाकार
राजु– भुवन के.सि
करोड पति बाउकी छोरि रक्षा – शुस्मिता के.सि
मर्सडिज काका शंकरग्यारेज साहु– सन्तोष पन्त
सुरेन्द्र जंग को छोरा कुन्दन–रमेश उप्रेत्ति
सुरेन्द्र जंग (निरशाह को २५ प्रतिशत पार्टनर)किरण के.सि
सुर्वण पोखरेल
बि.एस.राणा
टेम्पु – खेम शर्मा
शिव हरि पौडेल
नरेश पौडेल आदि
अतिथि कलाकार
डली थापा
करिश्मा मानन्धर
सनि रौनियार
करोडपति युवराज सिङ्ग – निर शाह
पहिलो सिन
चलचित्रमा राजु अर्थात् भुवन के.सि ग्यारेजमा काम गर्ने मेकानिक हुन्छन् । उनी करोडपति बन्न सपना देख्ने गर्छन् । रातको समयमा मेघ गर्जन सहित झम् भम् पानी परि रहेको हुन्छ । करोडपति बाउकी छोरिरक्षा अर्थात् शुस्मिता के.सि को कार बिग्रिएर घर जानको निम्ती पानीमा भिज्दै ट्क्यासी बोलाऊदै हुन्छे । सोहि समयमा राजु अर्थात् भुवन के.सिकारमा कतै जाँदै हुन्छन् । रक्षाले ट्क्यासि सम्झेर राजु यानेकी भुवन के.सिलाई रोक्छिन् । राजु कार रोक्छ र रक्षालाई लिफ्ट दिन्छ । उनीहरु कुरा गर्दै जान्छन् , सोहि क्रम राजुले आफु करोडपति भएको गफ रक्षालाई दिन्छ भने रक्षाले पनि आफु गरिब भएको र केटा केटिलाई टुयुसन पढाउने गरेको गफ दिन्छे ।
उता रक्षाका बाउ युवराज सिङ्ग अर्थात् निर शाह रक्षाले ढिला गरेकोमा आफ्नी बहिनी शान्तिसँग गुनासो गर्दै हुन्छन् ।
दोस्रो सिन
युवराज सिङ्ग यानेकी निरशाह को कम्पनीको २५ प्रतिशत पार्टनर सुरेन्द्र जंग अर्थात् किरण के.सि. ले आफ्नो छोरा कुन्दन अर्थात् रमेश उप्रेत्तिको बिहे रक्षासँग गरि पुरा सम्पत्ति आफ्नो बनाऊने दाउमा हुन्छन् । उता राजु यानेकी भुवन के.सि ले रक्षा यानेकी शुस्मिता के.सि लाई मन पराउन थाल्छन् । आफ्नो कार बाटोमा बिग्रिएर अलपत्र परेकी रक्षालाई खलपात्र कुन्दन र उनका साथीहरुले जिस्क्याउँदै हात हाल्न खोज्छन् । बीचैमा राजुआएर बचाउँछन् । यी कुराहरुले गर्दा रक्षा पनि राजुलाई मन पराउन थाल्छिन् तर रक्षालाइ राजुले आफु धनी भनेर बताएको कुरा झुटो रहेको थाहा पाउँछिन र फिलिमले रोचक मोड लिन्छ ।
तेस्रो सिन
राजुले आफु करोडपति देखाउन रक्षाको सामु नाटक गर्न थाल्छ । रक्षाले राजुको सबै कुरा थाहा पाए पनि राजुले आफुलाई सबैको साँचो भनोस् भन्ने चाहाछिन् । उता युवराज र सुरेन्द्रले रक्षा र कुन्दनलाई भेटघाट गराउन खोज्छन् ।
चौथो सिन
राजु एउटा मामुलि मेकानी हो भन्ने थाहा पाएकी रक्षाले राजु यानेकी भुवन के.सी लाई आफ्नो बाबुसँग बिहेको कुरा गर्नको निम्ति आफ्नो घर बोलाउछे । जब राजु रक्षाको घर पुग्छ । रक्षाको बुवा यानेकी निर शाह , कुन्दन र उसको बुवा अर्थात किरण के.सि ले राजुको बेइज्जत गर्दै घरबाट घोक¥याउदै निकाल्छन् । त्यहि क्रममा रक्षाले आफ्नो लागि राजुले रगत बेचेको कुरा सुन्न पुग्छिन् र रक्षा पनि राजुलाई झन् बढि माया गर्न थाल्छीन् जस्ले गर्दाफिलिमले अर्कै मोड लिन्छ ।
रक्षाकी फुपु शान्ति रक्षाको लागि राजुको बुवालाई भेट्न ग्यारेज पुग्छे यता धनकै कारणले माया पाउँन नसकेका मर्सडिज काका अर्थात् सन्तोष पन्तसँग भेट हुन्छ । उनीहरु एक अर्कालाई देखेर छक्क पर्छन् र फिलिममा नयाँ कुरा खुल्छ ।
छैटौ सिन
युवराज सिङ्ग अर्थात निर शाह छोरिको बिहे कुन्दन अर्थात् रमेश उप्रेत्तिसँग गर्दिन खोज्छन् । बिहेको दिन रक्षा घर छोडेर राजु कहाँ पुग्छिन् । युवराज सिङ्ग , कुन्दन र सुरेन्द्र जंग अर्थात् किरण के.सि. गुण्डाहरु लिएर राजुको ग्यारेज पुग्छन् । रक्षाले ग्यारेजमा नै बिहे गर्छिन् । यो कुराले गर्दा युवराज सिङ्ग अर्थात निर शाह आवेगमा छोरिसँगको आफ्नो सम्बन्ध तोडिएको घोषणा गर्छन् ।
सातौ सिन
दिनहरु राम्रैसँग चलिरहेको हुन्छ । अचानक ग्यारेजमा कसैले आगो लगाइदिन्छ । आगो निभाउने क्रममा आगोमा परेर मर्सडिज काका अर्थात् सन्तोष पन्तको निधन हुन्छ । ग्यारेज आगोमा परेर ध्वस्त हुन्छ । राजु र उनका साथीहरुसँग ग्यारेजको भाडा तिर्न नसकेर यहाँ बाट निकालिन्छन् । सबै साथी आ–आफ्नै गाउँ फर्कन्छन् । राजु र रक्षा भने एउटा पार्टिपौवा मा बस्न थाल्छन् । उता कुन्दन र उनका बुवा सुरेन्द्र जंग भने राजुलाई मारेर रक्षालाई घर फर्काइ बिहेको गरि सम्पत्ति हड्पने दाउमा हुन्छन् । सोहि अनुसार राजुलाई गाडिले ठक्कर दिएर मार्न खोज्छन् तर दुर्घटनमा रक्षा पर्छे । राजु हतार हतार रक्षालाई अस्पताल पु¥याउँछ । रक्षाको अप्रेशन गनु पर्ने हुन्छ । राजुसँग पैसा हुदैन । राजु पैसाको लागि युवराज सिङ्ग अर्थात निर शाहको पुग्छ तर यहाँ सुरेन्द्र जंग यानेकी किरण के.सिले चाल चल्छन् ।
आठौ सिन
अप्रेशन सफल हुन्छ तर सर्त अनुसार राजु यानेकी भुवन के.सि ले रक्षा यानेकी शुस्मिता के.सि लाई भेट्न पाउँदैन ।
रक्षाका बुवा रक्षालाई राजु अलपत्र छाडेर गएको कुरा रक्षालाई सुनाउछ । रक्षालाई बुवाको कुराको बिश्वास लाग्दैन र राजु भएको ठाउँमा पुग्छे राजुलेसर्त अनुसार नचाहेर पनि रक्षालाई आफु टाढा बनाउँछ । बाटोमा भौतारिदै हिडि रहेको बेला राजुको भेट् फिलिम निर्देशक अर्थात् बि.एस.राणासँग हुन्छ ।
नौ सिन
भनिन्छ , पाप धुरिबाट कराउँछ । राजु राता रात हिट भईरहेको बेला उता कुन्दन र सुरेन्द्र जंगले गरेको सुम्पर्ण कालो कतुत युवराज सिङ्गले थाहा पाउँछन् ।
दशौ सिन
युवराज सिङ्ग यानेकि निरशाह को घर लिलामिमा पर्छ । राजुले लिलामि आफ्नो पक्षमा पर्दै त्यो घर राजु किनेर युवराज सिङ्गलाईनै फित्ता दिन्छ । अचानक खलपात्र कुन्दन यानेकी रमेश उप्रेत्ति आउँछ र रक्षालाई आफ्नो बुवाको सबुत फित्ता नदिए सम्म कर्जामा लिने भन्दै यहाँबाट रक्षालाई अपहरण गर्छ । राजु यानेकी भुवन के.सि पिछा गछन् । केहि छिन फाइट पर्छ । बिचैमा पुलिस आएर कुन्दन र उनका केटालाई समाउँछ । युवराज सिङ्गले पुरा सत्यकुरा रक्षालाई बताउँछन् । रक्षा र राजु फेरि एकै हुन्छन् र फिलिम सकिन्छ ।
।
(लेखक रेडियोकर्मी हुन् ।)




