राज र रुविनाको प्रेम कथा

  • हामी दुईको जात नमिलेका कारण हाम्रो विवाह सम्भव नभएको कुरा गर्नु भयो । आमाको कुरा सुनेर मलाई खासै आश्र्चय लागेन ।
  • सिनेपत्र/काठमाण्डौं

     

    जाकाराण्डा फूलले रानिबारी वनलाई ढपक्क ढाकेको छ । हरियो वनमा निला जाकाराण्डा फूल सजिएको छ । जेष्ठ महिना परेकाले काठमाण्डौको तापक्रम उर्लदो छ । तर रानिबारी वनमा शितल छाएको छ । यहाँ जाकाराण्डा फूलसगै चराचुरुङ्गी रमाएका छन् । कोही फुर्र फुर्र उडेका छन् । कोही चिरविर चिरविर गर्दै गाउँदैछन् । कपुर, मयल, वर, पिपल, हाडेवयर, लप्सीका जस्ता रुखहरुले वनको प्राकृतिक सोन्र्दयता बढाएको छ । बासघारी र सिस्नोका बोटहरुले प्रकृतिमा निहित अनेकतामा एकता उजागर गरेको छ । राजधानीको कोलाहलमय वातावरणका बिच रानीवारी शान्त, शितल र सुन्दर देखिएको छ ।

    रानीबारीको यही शान्त, शितल र सुन्दर वातावरणले राज र रुविनालाई कैयौं पटक आर्कषित गरेको छ । आज पनि यि दुई प्रेमिल जोडी यहाँ घमुफिर गर्न आएका छन् । दुवै जना एक अर्कालाई समाउँदै अगाडी बढ्छन् । रुविना र राजका पाइलाहरु जसो जसो अगाडी बढ्दै जान्छ । उनिहरुका नयनलाई जाकाराण्डा फूलले मोहित पार्छ । सुन्दर दृष्यबाट मोहित हुदै रुविना जाकाराण्डा फूलको प्रसंशा गर्छिन् ।
    अहाँ कति सुन्दर
    जाकाराण्डा फूल ।
    रुख भरि सजिएको,
    त्यो निलो फूल ।
    धर्तिमा कसरी झरेछ ?
    यो निलो जाकाराण्डा फूल ।
    आकाश माथि, तल, चारैतिर
    देख्छु निलो रङ्ग ।
    प्रकृतिलाई कोटी, कोटी नमन
    गर्छु हुदै दङ्ग ।

    रुविनाको प्रकृति प्रेमी कविताको हरफ सुनेर राज दङ्ग पर्छ । उ पनि के कम रुविनाको निलो टिर्शट र निलै जिन्स तर्फ इङ्गीत गर्दै केही हरफ कविता रच्छ ।
    आज कस्तो संयोग जुरे छ
    रुखभरि निला जाकाराण्डा फूलेछ ।
    झरेका यि फूलले
    वरपर निलै भएछ ।
    आकाश हेर्छु
    निलो देख्छु ।
    प्रिया, तिमिलाई निलो पहिरनमा
    सबैभन्दा राम्री देख्छु ।

    राजको प्रशंसायुक्त कविताबाट रुविना प्रफुल्लीत हुन्छिन् । साथै राजलाई सुन्दर कविताको लागि धन्यवाद ट्क्याउँछिन् । राज र रुविना शंकरदेव क्याम्पसका विद्यार्थी हुन् । यि दुवै एकै कक्षामा पढ्छन् । विगत चार वर्ष देखि एक अर्कालाई प्रेम गर्छन् । राज दलित पिता र क्षेत्रीनी आमाका एकल सन्तान हुन् । रुविना जैसी माता, पिताका दोस्रो सन्तान हुन् ।
    सधाझै राज र रुविना रानबारी देविको मन्दिर दर्शन गर्छन् । दुवै जना सँग सँगै देविदेउताको मुर्तीहरुमा पुष्प गुज्छा चढाउँछन् । केहीक्षण पूजा आराधना गर्छन् । देविदेउताको पूजा आराधना पछि दुवैजना मन्दिर देखि बिस पच्चिस मिटर पूर्व जान्छन् । विशाल मयलको रुख मुनि बस्छन् । रुखमुनिको एकान्तमा बस्नासाथ दुवैजना एक अर्कालाई अङ्कमाल गर्छन् । राज रुविनाको हात सुमसुमाउँछ । रुविना राजलाई कस्सिएर समाउँछिन् । राज आफ्नो मुख रुविनाको गालातिर पु¥याउँछ । एक अर्कालाई चुम्बन गर्छन् । ठिक यही समयमा दुवैको कानमा मन्दिरको घण्टी बजेको ध्वनि सुनिन्छ । घण्टी सँगसँगै पुरोहितको मन्त्रोउच्चारण पनि गुन्जिन्छ । मन्दिर तिरको दुई व्रिmयाले रुविना र राजका व्रिmयाकलापलाई असर पु¥याउँछ । त्यसैले यि दुई पे्रमिल जोडी भौतिक दुरी कायम गर्छन् । भौतिक दुरी कायम गर्नासाथ थोरै हाँसो मजाक र धेरै गम्भिर वार्तालाप गर्छन् । यि दुई विचको सम्वाद रुविनाबाट शुरु हुन्छ । “राज, दिदीको बिहे भएको पनि एक महिना भइसक्यो । दिदीभेना पहिलो पटक घरमा आउनुहुँदा आमाबुबा धेरै खुसी हुनुहुन्थ्यो । मलाई पनि रमाइलो लाग्यो । भेनासँग गफ गर्न मज्जा आयो । वहाँ बाबा जस्तै राजनिति र खेलकुदमा रुचि राख्नु हुँदो रहेछ । वहाँको पुतलीसडकमा अष्टे«लिया र न्युजिल्याण्ड पठाउने कन्सल्टेन्सी(परार्मश केन्द्र) रहेछ ।”
    राज ठट्टा गर्दै रुविनालाई जिस्क्याउँछ “तिम्रो भेनाको परामर्श केन्द्रबाटै हामी दुई अष्टे«लिया जादाँ कस्तो होला ?” राजको प्रश्न भुइँमा खस्न नपाउँदै रुविना उत्तर दिन्छिन् “अह ! म त कहिले विदेश नजाने । तिमीलाई पनि जान नदिने । खुरु खुरु पढाई पुरा गरे पछि स्वदेशमै जागिर खाने । हामी दुवैजना आफ्नै देशमा बस्ने हो । यही केही गर्ने हो ।” रुविनाको कुरा सुनेपछि, राजले रुविनाको कुरामा सहमत जनाउँछ । “म तिम्रो कुरामा सोह्रै आना सहमत छु रुवि । विदेश जाने कुरामा मेरो र तिम्रो विचार उस्ता उस्तै रहेछ । मैले त केवल ठट्टा गर्न मात्र विदेश जाने कुरा गरेको हुँ । अब देखि यस्ता कुरा कहिले गर्दिन ।”
    ए साच्चै ! दिदी भेना घरमा आउँदा के कस्ता उपहार ल्याइदिनु भयो ? घुमफिर गर्न कतै लानु भयो कि भएन ? कतिको रमाइलो भयो ? राज प्रश्न गर्छ । राजको तिनवटै प्रश्न सुनि पछि रुविना उत्तर दिन्छिन् । “दिदी भेनाले मेरो लागी थुप्रै उपहार ल्याइदिनु भयो । भेनाले थोरै दिनको बिदा मिलाउनु भएकोले टाढा टाढा घुमफिर गर्ने अवसर जुरेन । त्यसैकारण सोचे जस्तो रमाइलो भएन । तर एकदिन दिदीभेनासगै नेपाली चलचित्र हेर्न गए । हलमा थुप्रै चलचत्रि लागेको थियो । दिदीले नेपाली चलचत्रि “प्रसाद” हेरौ भन्नु भयो । त्यसपछि भेनाले तिनवटा टिकट किन्नु भयो । तिनजना सगै बसेर पहिलो पटक चलचत्रि हे¥यौ । दिदी भेनालाई प्रसाद ठिकै लाग्यो अरे । मलाई भने चलचत्रिको कथा वस्तुले धेरै छोयो । चलचित्रले अन्तरजातिय विवाहमा बाधिएका एक दम्पतीद्दारा सन्तान प्राप्तिको निम्ति गरेको सर्घषलाई रोचक ढङ्गले प्रस्तुत गरेको रहेछ । “प्रसाद” हेरेपछि मेरो मनमा थुप्रै प्रश्नहरु खेल्यो । भाग्यवस् आजसम्म हाम्रो माया प्रेमले कुनै बाधा अड्चन व्यहोनृु परेको छैन । तर प्रेमलाई विवाहमा परिणत गर्दा घर परिवार र समाजबाट के कस्ता अप्ठायारा आइपर्ने हो ? हामी दुईले ति बाधा व्यवधान र उल्झनलाई कसरी सुल्झाउँछौ होला ? भनेर सोच मग्न भए ।”
    रुविनाको उपहार, घुमफिर र चलचत्रि सम्बन्धी प्रसँगहरुले राज थोरै रोमाञ्चीत हुन्छ । साथ साथै प्रेमिकासँग विवाह, घरपरिवार र समाजबाट आउन सक्ने उल्झनका कुराले धेरै गम्भिर हुन्छ । आज भोलि नेपाली चलचत्रिमा पनि अन्तर जातिय विवाहको प्रसङ्गले स्थान पाउन थाल्यो है । तर मेरो बुबा र आमा बिच अन्तर जातिय विवाह हुँदाको समय त विल्कुलै फरक थियो अरे । अन्तरजातिय जोडीले घरपरिवार र इष्ट मित्र सबथोक छोडेर अन्तै जानु पर्ने । अन्यथा त्यस्ता जोडीहरुले पाइला पाइलामा वाधा व्यवधान व्यहोर्नु पर्ने । बाबाआमा दुवैजना पोखराको पृथ्वी नारायण क्याम्पसमा पढ्नु हुन्थ्यो । कलेजमा एक अर्कालाई चिन्नु भयो । राम्ररी बुझनु भयो । प्रेम गर्नु भयो । समय समयमा लुकिछिपि फेवाताल, वेगनासताल र महेन्द्र गुफा घुम्नु भयो । बाबा दलित आमा क्षेत्रिनि भएकोले मागि विवाह सम्भव थिएन । मागि विहे गर्न असम्भव भएपछि दुवैजना भागी विहे गर्ने निर्णय गर्नु भयो । विन्धवासिनी मन्दिरमा विवाह गर्नुभयो । विहे लगत्तै बुवा आमा सधैको लागि पोखरा छोड्नु भयो । घर छोड्नु वहाँहरुको रहर थिएन वाध्यता थियो । पूखौली थातथलो छोडेर वहाँहरु नारायणगढ बस्नु भयो । नारायणगढमा वहाँहरुले निकै दुःख, कष्ट र सर्घष गर्नु भयो । पछि बाबाले रामपुर कृषि क्याम्पसमा जागिर पाउनु भयो । वहाँ अस्थायीबाट स्थायी कर्मचारी हुनु भएकै वर्ष मेरो जन्म भयो । मेरो जन्मपछिमात्र मावलीहरु आमा बाबालाई छुट्टाउने प्रयत्न त्याग्नु भयो । नत्रभने वहाँहरु मान्छे पठाएर आमालाई पोखरा फर्ख भन्थे अरे । आमा पनि के कम फर्किए दुवैजनासँगै फर्कने भन्थिन् अरे ।
    राजको कुरा सुनेर रुविना निकै प्रभावित हुन्छिन् । तिम्रो आमा, हामी जस्ता जोडीका लागी प्रेरणाका श्रोत हुनुहुँदो रहेछ भन्दै वहाँको साहसिक कदम प्रति ठूलो सम्मान प्रकट गर्छिन् । राजपनि पे्रमिकाबाट आमा प्रतिको सम्मान देखेर गौर्वान्वीत महसुस गर्छ । एकछिन पछि रुविना अलि गम्भिर मुद्रामा देखिन्छिन् । राजलाई त्यसको छनक पाउन खासै समय लाग्दैन । रुविना राजको हात समाउँदै विषय वस्तु तिर प्रवेश गर्छिन् । “राज दिदीको बिहे पछि, मेरो बिहेको कुरा चलेको छ । बाबा आमा दुवैजना मेरो लागी एउटा राम्रो केटा हेरेछु भन्नु हुन्छु । तर वहाँहरुलाई मैले तत्काल विवाह नगर्ने इच्छा जाहेर गरे । केही दिन अगाडी आमाले फेरी त्यही केटाको प्रसङ्गमा कुरा गर्नु भयो । केटा खानदानी छ । सरकारी हाकिम हुन भन्नु भयो ।

    आमाको कुराले रातभर निदाउन सकेन । निद्रा पनि कसरी परोस् ? एउटासँग प्रेम गर्छु । अर्कोसँग विवाह गर्नु पर्ने दबाव छ । रात छिप्पिदै थियो मनमा अनेकौ अनेक प्रश्न खेल्यो । आमालाई किन आफ्नो प्रेम सम्बन्धबारे नभन्ने ? जोसगँ गए पनि विवाह पछिको जिवन त मैले नै बिताउने हो । अन्तमा, आमालाई हाम्रो प्रेम सम्बन्धबारे भोलि अवश्य जानकारी गराउने ढृढ संकल्प गरे । त्यसपछि त भुसुक्कै निदाएछु । सधाझै बिहान उठे क्याम्पस गए । त्यसदिन हामी कलेजमा भेटेका थियो । तिमिले मलाई मेरो आखाँ किन रातो रातो देखिए छ ? भनेर सोधेको थियो ।”
    राजलाई त्यो दिनको झट्टै सम्झना आउँछ । हो, मैले तिम्रो आखाँ किन रातो भयो ? अनुहार पनि उदास छ ? भनेको थिए । त्यस दिन तिमी मसँग निकै कम बोलेकि थियौ । मलाई तिम्रो धेरै चिन्ता लागेको थियो । आज वल्ल थाहा पाए तिम्रो रातो आँखा, उदासीपन र कम बोलाईका कारणहरु ।

     

    “क्याम्पसबाट फर्किए पछि आमासँग के के कुरा ग¥यो ?” राज प्रश्न गर्छ । राजको प्रश्नलाई रुविना यसरी जवाफ दिछिन्न् । “क्याम्पसबाट घर फर्किदा मन उदास थियो । घरमा पुगेपछि आमालाई अरु कसैसँग प्रेम गर्छु । त्यसैकारण अरुले रोजेको होइन आफैले रोजेकोसँग बिहे गर्छु भने । मेरो कुरा सुनेर वहाँ केहीवेर आश्र्चयले चकित हुनु भयो । त्यसपछि वहाँले तिम्रो बारेमा सोध्नुभयो । केटाको घर कहाँ हो ? कामधाम के गर्छ ? कुन जातको हो ? आमालाई तिम्रोबारेमा आफूले जाने बुझेका सबैकुरा भनिदिए । आमालाई तिम्रो बारेमा सबै ठिक लाग्यो अरे । तर तिम्रो जातसँग विमती मान्नु भयो । हामी दुईको जात नमिलेका कारण हाम्रो विवाह सम्भव नभएको कुरा गर्नु भयो । आमाको कुरा सुनेर मलाई खासै आश्र्चय लागेन । तर वहाँ मेरो कुरा सुन्नु भए पछि अचम्मीत हुनुभयो । वहाँ मेरो विवाह बाम्ह्ण केटासँग मात्रै गर्नु पर्छ भनेर अडिकस्नु भयो । मैले पनि आफूले प्रेम गरेकै केटासँग मात्र बिहे गर्ने जिद्दी गरे । अझ एक कदम अगाडी बढ्दै आमालाई के भने भने “मेरो लागी सरकारी जागिर, कुल खानदान र उच्च जात भन्दा राज कैयौ स्थान माथि छ ।” आमा छोरी बिचको तनावपूर्ण सम्वाद उत्र्कषमा पुग्दै थियो । बिचमा बाबा आउनु भयो । बाबाको अनअपेक्षित आगमनले हामी बिचको सम्वाद त्यही टुङ्गीयो । म ढिला नगरी आफ्नो कोठामा छिरे । मेरो अनुपस्थितिमा बाबा आमा धेरैवेर कुराकानी गर्नु भयो । आमाले “रुविना पानी नचल्ने जातको केटासँग प्रेम गरेकी छे । उसैसँग बिहे गर्छु भनेकी छे” भनेर बाबालाई सुनाउनु भयो । यति कुरा सुन्नासाथ बाबा जङ्गीनु भयो । छोरीलाई प्रेम गर्न छुट्छ तर पानी नचल्ने केटासँग विवाह गर्ने छुट छैन भन्नु भयो । बाबाको एक दुई वाक्य नै वहाँको मनस्थिती बुझन काफी भयो । आमाबाबाका उस्ता उस्तै विचार सुनेर मलाई कुनै आश्र्चय लागेन । किनभने वहाँहरु प्हिलै देखि आफ्नै जाति भित्र विवाह गर्नु पर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो । करिब एक–डेढ घण्टाको बहस र सम्वाद पछि बाबा घर बाहिर जानु भयो । बाहिर जाने बेलामा रुविनालाई म सम्झाउछु भन्नु भयो ।

     

    आमा, छोरी र आमा बाबा बिचको अत्यन्त तिक्तापूर्ण कुरा सुनेपछि राजको अनुहार मलिन हुन्छ । मलिन मुद्रामै रुविनाको साहसिक अडान प्रति कृतज्ञता प्रकट गर्छ । रुविनाको ढृढ संकल्पलाई मुक्त कण्ठले प्रशंसा गर्छ । घुमीफिरी रुम्जाटार भनेझै, आफूले अन्तरजातीय विवाह गर्दा आमाबुवा जस्तै नियती भोग्नु पर्ने कुराले चिन्तित हुन्छ । रुविना राजलाई चिन्तित नहुन सुझाव दिन्छिन् । सोही समयमा रानीबारीवन छेऊ कै नेपाल प्रहरीको तालिम केन्द्रबाट टिङ्ग– टिङ्ग , टिङ्ग–टिङ्ग , टिङ्ग पाचँ पटक घण्टीको आवाज सुनिन्छ । राज आफ्नो घडी तिर नजर लगाउँछ । कति छिटो पाँच बजेको हो, भन्छ ।
    रुविना राजको अनुहार तिर एकहोरो रुपले हेरिरहन्छीन् । यो शिलसिला निक्कै बेरसम्म चलिरहन्छ । राजलाई रुविना केही भन्न चाहन्छिन् भन्ने कुराको आभास हुन्छ । रुवि, तिमी मलाई केही कुरा भन्न चाहन्छौ ? मनमा लागेको कुरा नलुकाऊ । अब घर फर्किने बेला पनि हुन थाल्यो होइन र ? निक्कै बेर पछि रुविना आफ्नो मौनता तोड्छिन् । “राज म मेरो घर जाँदिन । यदि म घर पुगे भने, हामी कहिले एक हुन सक्दैनौ ।
    म, मेरो बाबा आमा दुवैलाई राम्ररी चिन्छु । वहाँहरु मेरो इच्छा विपरीत, उही मालपोतको हाकिमसँग बिहे गराइदिनु हुन्छ । त्यसैले आज हामी दुवै जनाले एउटा ऐतिहासिक निर्णय लिनुपर्छ । हाम्रो चार वर्षे मायाको आज अन्तिम परिक्षा हुँदैछ । म, तिमीसँगको चारवर्षे माया प्रेमलाई विवाहमा रुपान्त्रण गर्न अनुरोध गछ्र्र्रु । रुविनाको प्रस्तावले राजलाई असिमित खुसी दिन्छ । राज , रुविनासँग घण्टौ पछि फेरी अङ्कमाल गर्छ । अन्तमा दुवैजना सँगै जिउने, सगै मर्ने वाचा गर्दै विवाह गर्ने निर्णयमा पुग्छन् । उनीहरु त्यहि साझँ सार्वजनिक गाडीमा काठमाण्डौंबाट चितवन जान्छन् । अर्को दिन राज र रुविना चितवन जिल्ला अदालतमा पुगी अदालती बिहे गर्छन् । राजका आमा बुबा पनि अदालतमा सँगै गएका थिए । अदालती बिहेको सातौ दिन, राज र रुविनाको वैदिक परम्परा अनुसार धुमधामसँग विवाह सम्पन्न हुन्छ । भनिन्छ बाह्र वर्ष पछि वगेको खोलापनि र्फेकेर आउँछ अरे । छोराको विवाहमा आमाले आफ्ना पोख्रेली माइतीलाई निम्तो पठाएकी थिइन् । सत्ताइस वर्ष पछि मावली हजुरबा, हजुरआमा, मामा, माइजू सबैजना नारायणगढ बिहेमा उपस्थित भई, राज र रुविनालाई आर्शिवाद दिन्छन् ।

    ( लेखक सुधिर खाती अग्रेजी केन्द्रीय विभाग कीर्तिपुर, काठमाडौंमा पी.एच.डी अध्ययनरत छन् ।)

    Comments
    Related News