आज देखि नयाँ भागको साथ ‘जुठे’

सिनेपत्र/काठमाण्डाै
हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित टेलिसिरियल ‘जुठे’ आज वाट पुन: प्रसारणमा आउने भएको छ । लकडाउनको कारणले गर्दा केही भागहरु रोकिएको र आजदेखि नयाँ भागको साथ प्रसारण हुनलागेको जानकारी लेखक तथा निर्देशक मरिचमान श्रेष्ठ गराएका हुन् ।जातीय विभेद र छुवाछुतको विषयलाई देखाइएको भन्दै केही विवाद आएपछि सिरियल प्रसारण केही साताका लागी बन्द गरिएको थियो । निषेधाज्ञा र दलित समुदायको विरोधका कारण बन्द रहेको सिरियल फेरि शुरु हुन लागेको हो ।
निर्देशक श्रेष्ठका अनुसार राष्ट्रिय दलित आयोगमा आयोगका अध्यक्ष देबराज बिश्वकर्मासँग जुठेको विषयमा छलफल भएको र छलफल निकै सकारात्मक रहेको बताएका छन् । साथै आउँदा दिनहरुमा समाजमा रहेको छुवाछूत अनि मान्छे-मान्छे बिचको बिभेदलाई हटाउन जुठे कार्यक्रम एउटा राम्रो माध्यम बन्ने चाहाना पुरा गर्न प्रतिबद्ध रहेको बताएका छन्
‘जुठे’मा मरिचमान श्रेष्ठ र राजु पौडेलको संयुक्त लेखन तथा निर्देशन रहेको छ। यस टेलिसिरियलमा मरिचमान र राजुका साथै रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।




