‘रजतपट र ग्ल्यामर गफ’को प्रशारण स्थगित

सिनेपत्र/काठमाण्डौ‌

एपीवान एचडी टेलिभिजनले आफ्ना दुईवटा कार्यक्रम प्रशारण नगर्ने भएको छ । टेलिभिजनले प्रशारण हुँदै आएका कार्यक्रम ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ स्थगित गर्ने निर्णय गरेको छ ।

नायिका शिल्पा पोखरेलको मानमर्दन गरेको भन्दै चलचित्रकर्मीहरुले व्यवस्थापन पक्षलाई कार्यक्रम बन्द गराउन आग्रह गरेको र शिल्पाको मौखिक उजुरीपछि एपीवान एचडीले अर्को निर्णय नभएसम्मका लागि ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ स्थगन गर्ने निर्णय व्यवस्थापनले गरेको हो ।

नायिका पोखरेल र छवी ओझाको विषयलाई लिएर कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले शिल्पाको मान मर्दन गरेको भन्दै उनका आफन्तहरु कार्यक्रम नै बन्द गराउन माग गर्दै आइतबार व्यस्थापकसमक्ष पुगेका थिए । शिल्पाले छवीविरुद्ध अदालतमा माना–चामल दाबी गर्दै मुद्दा दायर गरेको विषयलाई लिएर सुवेदीले कार्यक्रम तयार पारेका थिए ।

Comments
Related News