शुरु भो ‘भाइरल’ !

सिनेपत्र/काठमाण्डाै
सामाजिक विकृति र समसामायीक बिषयबस्तुलाई आधार मान्दै ‘भाइरल’ नामक हास्य टेलिश्रृङ्गखला शुरु भएको छ । हाल सम्म तीन भागको छायांकन सकि सकेको निमार्णपक्षले सिनेपत्रलाई जानकारी दिएको छ ।
म्यागङ मिडिया प्रा.लिको प्रस्तुति रहेको भाइरलमा महेन्द्र शिवाकोटि, सन्तोष पाण्डे, अनिता श्रेष्ठ, अनिता भट्ट, आयुष बुढाथोकि, साजन तामाङ्ग, भुवन तामाङ्ग, सुमन तामाङ्ग, रेविका शाक्य, सुमन थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । आयुष बुढाथोकिको लेखन रहेको हास्य टेलिश्रृङ्गखला ‘भाइरल’ लाई गुणखर अधिकारीले निर्देशन गरेका हुन् ।

फर्पिङ्गको मनोरम दृष्यमा छायांकन भएको यस हास्य टेलिश्रृङ्गखलालाई महेन्द्र शिवाकोटिले निर्माण गरेका हुन् । संगम भड्तालको छांयकन तथा सम्पादन रहेको यस हास्य टेलिश्रृङ्गखला भाइरल हरेक शुक्रबार राती ९ बजे ओमकार टेलिभिजनमा तथा हाइवे नेपाल नामको युटुबबाट प्रसारण हुँदै आएको छ ।




