‘कमेडी च्याम्पियन’ले माग्याे माफी

सिनेपत्र/काठमाण्डाै

हाँस्य रियालिटी शाे ‘कमेडी च्याम्पियन’ काे केही दिन अगाडि प्रसारित श्रृंखला विवादमा परे पछि कार्यक्रमले माफी माग्नु पर्ने अवस्था आएकाे छ । प्रतिस्पर्धी हिमेश पन्तको प्रस्तुतिले हिन्दु धर्मावलम्वीको मनोभावनामा ठेस पुग्न गएकाे भन्दै विराेधका स्वर देखा पर्न थाले पछी कार्यक्रमका तर्फबाट माफी मागीएकाे हाे ।

शाे निर्माण गरिएकाे कम्पनी थ्री प्राेडक्सन प्रा लि विज्ञप्ति जारी गर्दै भनेकाे छ -“विगतको श्रृंखलामा प्रतिस्पर्धी हिमेश पन्तको प्रस्तुतिले हिन्दु धर्मावलम्वीको मनोभावनामा ठेस पुग्न गएकोमा कलाकार हिमेश पन्त र कमेडी च्याम्पियन क्षमा याचना गर्दछ 
आगामी दिनमा सम्पूर्ण धार्मिक आस्थाको उच्च सम्मान गर्दै प्रस्तुति तयार गर्न सबै प्रतियोगी र निर्माण परिवार प्रतिवद्घ छ ।” 

जारी विज्ञप्तिमा निर्माण कम्पनीका अध्यक्ष तथा शाेका निर्देशक विशाल भण्डारीकाे हस्ताक्षार रहेकाे छ ।

हेर्नुहाेस् विज्ञप्ति  ।

Comments
Related News