“रिसले सारा बिगार्छ” भन्दैं हाँस्य टेलिश्रृङ्खला ‘सक्किगोनि’

सिनेपत्र/काठमाण्डौं
भोली असोज २ गते बिहीबार नेपाल टेलिभिजनबाट प्रसारणमा आउन लागेको नयाँ हाँस्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ले आफ्नो ‘टाईटल गीत’ सार्वजनिक गरेको छ ।

सार्वजनिक गीतमा स्वर/शब्द सुगम पोखरेलको रहेको छ, भने शब्द प्रकाश घिमिरेको रहेको छ ।

मिडियाहबले निर्माण गरेको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका हाँस्य कलाकारहरु कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे पाँडे लगायतको टीमले नयाँ टेलिश्रृङ्खला ‘सक्किगोनि’ टेलिभिजनमा ल्याउने भएको हो ।

जेपिटी क्रियसन मार्फत निर्माण हुनलागेको श्रृङ्खलाको लेखन तथा निर्देशन जिग्री र पाँडेकै हुनेछ ।
भद्रगोलमा प्रस्तुत गर्दै आएको थिम र पात्रहरुको कथामै श्रृङ्खला निर्माण हुने कुमार कट्टेल जिग्रीले बताएका छन् । श्रृङ्खलाको अवको प्रस्तुतिमा ‘भद्रगोल’का पुराना सहयात्री शंकर आचार्य ‘वरिष्ठे र सिपी पुडासैनी ‘धतुरे’ पनि देखिने भएका छन् ।

सुन्नुहाेस् टाईटल गीत ।

Comments
Related News