‘सक्किगोनि’ टेलिभिजनमा के गर्ला मिडिया हबले ?

सिनेपत्र /काठमाण्डौं
हाँस्य टेलिश्रृङ्खलाहरुको भिडमा फेरी एउटा नयाँ श्रृङ्खला जन्म भएको छ । पुरानो बोतलमा नयाँ नाम राखेर आर्को अध्यायको शुरु भएको छ ।
मिडियाहबले निर्माण गरेको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका हाँस्य कलाकारहरु कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे पाँडे लगायतको टीमले नयाँ टेलिश्रृङ्खला ‘सक्किगोनि’ टेलिभिजनमा ल्याउने भएको हो ।

उक्त समुहले निर्माणगर्न लागेको श्रृङ्खला ‘सक्किगोनि’ आँउदो असोज २ गते बिहीबारबाट नेपाल टेलिभिजनबाट प्रसारणमा आउँदैछ ।
जेपिटी क्रियसन मार्फत निर्माण हुनलागेको श्रृङ्खलाको लेखन तथा निर्देशन जिग्री र पाँडेकै हुनेछ ।
भद्रगोलमा प्रस्तुत गर्दै आएको थिम र पात्रहरुको कथामै श्रृङ्खला निर्माण हुने कुमार कट्टेल जिग्रीले बताएका छन् । श्रृङ्खलाको अवको प्रस्तुतिमा ‘भद्रगोल’का पुराना सहयात्री शंकर आचार्य ‘वरिष्ठे र सिपी पुडासैनी ‘धतुरे’ पनि देखिने भएका छन् ।

उता मिडिया हवले निर्माण गरिरहेको ‘भद्रगोल’को पहिले गाँसमानै ढुङ्गा लागेको छ । नयाँ टिमले निर्माण समालेको पहिले भागमानै दर्शकहरुले नकरात्मक प्रतिकृया दिएका छन् । ज्योति काफ्ले ‘नक्कली बाबुराम’ र अशोक धिताल ‘बाहुनडन’ को लेखन तथा निर्देशन रहेको उक्त श्रृङ्खला दर्शकहरुको नजरमा ‘सुपर फ्लप’ भएको छ । युट्युवमा लाईक भन्दा डिस्लाईक बढी छ, तापनि ट्रेडिङ्गमा रहेको छ ।
यसरी पुरानो र नयाँ टिम बिच प्रतिस्पर्धा हुने पक्का छ । मिडिया हव पनि ‘भद्रगोल’को नकरात्मक प्रतिकृयाले गर्दा तनावमा छ । हेरौ आगामी दिनमा कसरी अगाडी बढ्छ, मिडिया हव र हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ ? त्यो समयले बताउला ।

Comments
Related News