के गर्यो ‘भुइँमान्छे’ले हेटौंडामा ? (फोटो फिचर सहित)

हाम्रो कला/हेटौंडा
भदौ २ गते बाट नेपाल अधिराज्यभरि प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘भुइँमान्छे’ युनिट देशव्यापी यात्रा अन्तर्गत हेटौडा पुगेको थियो । चलचित्र निर्माण पक्षले हेटौडामा पत्रकार सम्मेलन गरेर चलचित्रको बारेमा जानकारी दिएको हो । अस्पतालमा लास चिर्ने व्यक्तिको दैनिकी कस्तो हुन्छ ?, अस्पताल भित्रको राजनिति, डाक्टरले तल्लो कर्मचारीलाई गर्ने व्यहारलाई चलचित्रमा उतारिएको प्रमुख निर्माता तथा कलाकार रोहिणी भट्टराईले जानकारी दिनु भएको थियो ।

तल्लो स्तरको व्यक्ति ठुलो सपना देखेर अगाडि बढ्दै गर्दा उसको जिवनमा आइपर्ने विभिन्न समस्यालाई चलचित्रमा देखाउन खोजेको चलचित्रकी नायिका सिपोरा गुरुङले बताउनुभयो । चलचित्रमा आफ्नो भुमिका कलेजमा पढ्दै गरेकी एउटा युवती भएको र जो पुरुष जतिकै सशक्त रहेको नायिका गुरुङले बताउनुभयो ।

कार्यक्रममा चलचित्र बिकाश बोर्डका सदस्य तथा चलचित्रकर्मी नरेन्द्र महर्जनले नयाँ कथा बस्तुमा चलचित्र निर्माण गरिएकोले चलचित्र सफल रहनेमा आफु आशावादी रहेको बताउनु भएको थियो । साथै नेपाली चलचित्रको स्तर उकासिदै गरेको अबस्थामा यो चलचित्रले अर्को इतिहास कोर्न सफल रहोस् भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
पत्रकार सम्मेलन लगत्तै चलचित्र युनिट हेटौडाको विभिन्न कलेजको भ्रमण गरि चलचित्र सम्बन्धि प्रतिकृया लिएको थियो ।

तस्विरः संजिव पौडेल




