को हुन् ‘मिस नेपाल–२०१७’ निकिता चाण्डक ?

हाम्रो कला/काठमाण्डौं
मिस नेपाल–२०१७ को २२ औं संस्करणको विजेता उर्लाबारी, मोरङकी निकिता चाण्डक हुन् । ५ फिट ६ इन्च अग्ली निकिताले भारतको नोएडाबाट ब्याचलर्स इन कमर्स गरेकी छिन् ।

नृत्य, गीत तथा मोडलिङमा रुचि राख्ने निकिता समाजसेवामा उत्तिकै अग्रसर हुन्छिन् । भविष्यमा अभिनेत्री बन्ने लक्ष्य लिएकी निकिता सकारात्मक सोचका कारण जीवनमा सफलता प्राप्त हुने कुरामा विश्वास राख्दछिन् । । निकिताले केही फेसन शोमा समेत क्याटवाक गरिसकेकी छिन् ।

निकिता मिस नेपाल भएसँगै माडवारी समुदायबाट मिस नेपालबन्ने पहिलो महिला हुन् ।

Comments
Related News