रुपेश राईको ‘तिमीलाईनै भनेर’ गीतको भिडियो सार्बजनिक

सिनेपत्र/काठमाण्डौं

गायक रुपेश राईद्धारा सृजित ‘तिमीलाईनै भनेर’ बोलको गीतको भिडियो संर्बजनिक भएको छ । लामो समय देखि गीत संगीतमा लागीपरेका रुपेश राईको उक्त भिडियो उनले ‘रुपेश राई’ नामको आफ्नो आधिकारिक युटुब च्यानलबाट सार्बजनिक गरेका हुन् । यस गीतको छायांकन काभ्रेपलान्चोक जिल्लाको पनौति भएको हो ।

यस म्युजिक भिडियोलाई द क्रियटिभ गु्रपले निर्देशन गरेको हो । संजिब पौडेलको छायांकन तथा सम्पादन रहेको यस म्युजिक भिडियोमा आस्था खड्का,स्वतिका पौडेल,पुरुषोत्तम आचार्य, सबिन चौलागाई (समिर)को अभिनय रहेको छ । यस म्युजिक भिडियोमा सबै साथीहरु ट्रेकिङ्ग जाँदाको समयलाई देखाइएको छ ।

Comments
Related News