प्रेम प्रस्ताव धेरै आए स्विकार्ने खालको पाएको छैन : सुमि

सिनेपत्र/काठमाण्डौं
गायिका सुमि पराजुली संगित क्षेत्रमा उदाउँदो नतक्षेत्रको रुपमा देखा पर्नु भएको छ । सिन्धुपालचोल बलेफी –७, लमोसन्घु घर भई हाल चावहिल, काठमाण्डौ बस्दै आउनु भएकी गायीका पराजुलीले एक दर्जन भन्दा बढि गीतमा आफ्नो स्वार दिइ सक्नु भएको छ । फागुन १७ गते पिता इन्द्र प्रसाद पराजुलि तथा माता सिता पराजुलिको कोखबाट जन्मीनु भएको हो । लजालु स्वभावकी गायीका सुमि पराजुलीसँग गरिएको रमाईलो कुराकानी
गायन क्षेत्रमा किन लाग्नु ?
गित संगित धेरै सुन्ने मन पर्ने भएकोले यो क्षेत्र लाग्ने, गीत गाउने इच्छा जाग्यो अनि यो क्षेत्रमा लागेको हो ।
गीत रिकर्ड गर्ने मौका कसरी जु¥र्यो ?
साथी भाईको माझमा गीतहरु गुनगुनाउने गर्थे । मेरो स्वार सुनेर साथीहरुले तिम्रो स्वार राम्रो छ । यसो गीत रिकर्ड गर्दा राम्रो हुन्थ्यो भन्ने जस्तो सकारात्मक प्रतिक्रिया पाउने गर्थे । तर गीत कसरी, कहाँ गाउने केहि थाहा थिएन् । पछि रेखा पौडेल म्यामसँग संगितको बारेमा सिक्न थाले । त्यहाँ अरु साथीहरुले गीति संग्रह निकाल्ने तयारी गर्नु भएको रहेछ । मलाई पनि एऊटा गीत राख्न प्रस्ताव गर्नु भयो र मैले मेरो पहिलो गित ‘ए माया डु यु लभ मि’ गीत रिकर्ड गर्रे र श्रोताले मन पराउनु भयो ।
पहिलो गीत ‘ए माया डु यु लभ मि’ गाउँनु भएको छ । तपाईको लभ परेको छ कि छैन त ?
(अलि लजाउँदै) हा हा हा अहिले त मैले त्यसको बारेमा सोचेको छैन् । फेसबुकमा प्रपोज नआएको होइन् तर मैले अहिले आफ्नो संगीतीक यात्रालाईनै राम्रोसँग अघि बढाउने सोचाइमा छु । गीतले डु यु लभ मि भने पनि मैले भने कसैलाई भनेको छैन ।
गीत संगितमा लागेर जिविकोपार्जन गर्न कत्तिको सजिलो छ जस्तो लाग्छ ?
अहिले म संघर्ष गरिरहेको छु । अहिलेनै सजिलो गाह्रो भनेर भन्न त सक्दिन तर मेरो अनुभवमा संगितलाई राम्रो तवरले अघि बढाउने हो भने जिविकोपार्जन गर्न त्यति गाह्रो पर्छ जस्तो लाग्दैन् । सजिलैसँग जिवन धान्न सकिन्छ ।
अहिले सम्म काम गरेका संगितकार मध्य तपाई काम गर्न कोसँग सजिलो लाग्यो ? किन ?
मलाई हरि लम्साल सरसँग काम गर्न सजिलो लाग्यो । हरि सर पुरानो तथा सांगितिक क्षेत्रको लागि निकै अनुभवि व्यक्ति हुनु भएकोले उहाँ गायक तथा गायिकाको भावनालाई बुझेर त्यहि अनुसार व्यवहार गर्ने हुँदा उहाँसँग काम गर्न निकै सहज लाग्यो ।
लकडाउनलाई कसरी बित्ताउँदै हुनुन्छ ?
लकडाउनको शुरुवाति दिनमा म आफ्नो घर सिन्धुपालचोक गए । त्यस केहि समय लगभग १ महिना घर बसे पछि म काठमाण्डौँ फर्किए । अहिले बानि परि सक्यो । अहिले नियमित दैनिक कामहरुमा बेस्त छु ।
के–कस्तो क्रियाकलाप रहन्छ तपाईको यो समयमा ?
त्यस्तो बिशेष त केहि रहँदै । बिहान केहि समय गीत संगितको अभ्यास गरि खाना खान्छु । म एऊटा मेडिकलसँग सम्बन्धित व्यावसायमा अवद्ध छु । तसर्थ दिनको समयमा उतै हुन्छ । बेलुका फर्कियो । खानपान र साथीभाईसँग समाजिक सञ्जालमा कुराकानी । यहि हो मेरो दिनचर्या ।
लकडाउनले तपाईको संगितिक यात्रामा प्रभाव परेको छ कि छैन ?
निश्चितरुपमा नै प्रभाव परेको छ । लकडाउनको कारण सम्पुर्ण विश्वलाई प्रभाव परेको बेला मलाई प्रभाव त पारि हाल्छ ।
लकडाउनले के कस्तो प्रभाव पर्यो ?
केहि गीतहरुको भिडियो बनाउने योजना थियो । त्यसलाई पछि सार्नु परेको छ । गीतहरु रेकर्डिङ् गर्न पाइरहेको छैन । विभिन्न कार्यक्रमहरु हुन्थ्यो । त्यसमा सहभागि हुन पाएको छैन् । यस्तै खालको प्रभाव परेको छ ।
कोरोनाबाट बच्न सरकारले जुन प्रकारको लकडाउन लगाएको छ । यो बाहेक अरु बिकल्प नहोला कोरोनाबाट बच्ने ?
हुन् त म यस बारे बिज्ञ होइन् । तर पनि मेरो बिचारमा अब त कोरोनाले भन्दा नि लकडाउनको कारण सर्बसाधारणहरुलाई गाह्रो पर्न थालेको छ । यसको बिकल्प भनेको सामाजिक दुरी कायम गर्दै । व्यक्तिगत सरसफाईमा ध्यान दिदै । सरकारले लकडाउनलाई बिस्तारै खुकुलो पार्दै जानु पर्छ जस्तो मलाई लाग्छ ।
अब अलिकति फरक कुरा गरौँ पछिल्लो समय धेरै महिला गायिका अथवा नायिका यौनदुरुव्यवहारमा परेको सुन्निन्छ ? तपाई पनि यस्तो कुनै घटनामा पर्नु भो कि ?
हो थुप्रौ यस्तो घटना सुनिन्छ । यो बिषयमा मलाई के लाग्छ भने जब सम्म आफु सचेत भइन्दैन नि यस्तो घटना हुन्छ । जब आफु सजक भइन्छ यस्तो हुँदैन जस्तो लाग्छ ।
संगितक्षेत्रमा लाग्नको लागि के कुरामा विचार पु¥याउनु पर्ने रहेछ त ?
हुन त म पनि यो क्षेत्रमा लागेको धेरै भएको त छैन् । अझै धेरै कुरा सिक्न बाँकि छ । अहिले सम्मको अनुभवमा तपाई के गर्दै हुन्छ?, कोसँग काम गर्र्दै हुन्नुन्छ ? जुनकुरामा लाग्दै हुन्नुन्छ तपाईको इच्छा शक्तिको कुरा तालिमको कुरा जस्ता कुरालाई विचार पु¥याउनु पर्छ । नत्र भविष्यमा आफुले सोचेको जस्तो नतिजा नआउँला ।
अन्तिममा तपाईको आफ्नो दर्शक तथा श्रोता के भन्न चाहान्नु हुन्छ ?
सर्बप्रथम यस्तो बिकराल माहमारीको समय छ । आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला । यस्तै मेरो कुरा राख्ने मौका दिनु भएको मा सिनेपत्र डटकमलाई मेरो धन्यावाद । राम्रो नेपाली गीतसंगित सुन्नु होस् शेयर गर्नु होला धन्यावाद ।




