अरुण क्षेत्री डेव्यू गर्दै नेपाली चलचित्रमा

सिनेपत्र/काठमाण्डाै
लामो समयको मेहनत र अध्ययन पछि अरुण क्षेत्री चलचित्रको पर्दामा देखा पर्दैछन् । रेनाशा बान्तवा राइको निर्देशनमा निर्माणाधिन चलचित्र ‘आइएम 21’ बाट उनि रजतपटमा देखिन लागेका हुन् । हुन त केहि म्यूजिक भिडियोमा काम गरिसकेका अरुणले आफ्नो सपना पुरा गर्न लामो समय पर्खनु पर्यो । एक नायक हुन अभिनय र नृत्य राम्रो हुनु पर्छ , निरन्तर ४ बर्ष डान्स र अभिनय सिके , एक्सन सिके , जिम गए ज्यान बनाए । बोल्ने स्टाइल सिके , डाइलक कसरी बोल्ने त्यो पनि सबै सिके अनि मात्र चलचित्रमा प्रवेश गरे , त्यो पनि अडिसन दिएर । यस बिच केहि फिल्म बाट अफर पनि आयो तर उनले ति फिल्ममा आफ्नो सपना देखेनन् र डेव्यू गर्ने दुस्साहस गरेनन् ।
अन्तत चलचित्र आइएम २१ मा उनले देखे आफ्नो कलाकारीताको भबिष्य । चलचित्रमा अरुणले युवा पुस्ताका लोकप्रिय दुइ कलाकार धिरज मगर र जसिता गुरुङ संग स्कृन शेयर गरेका छन् । वाइल्ड रिभर्सको कोरियोग्राफि रहेको यस फिल्मलाइ आइकोर फिल्मस्को व्यानरमा निर्माण गरिएको हो ।
चलचित्र यहि आउँदो दशैमा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ ।



