आना ढकालको अभिनय मोह

सिनेपत्र/अस्ट्रेलिया
आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट नायिकाको रुपमा डेब्यु गर्दै छिन् । उनि चलचित्र ‘लप्पन छप्पन २’ मा अर्पण थापाको नायिकाको रुपमा देखिएकी हुन् ।
मुकुन्द भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र रहेको ‘लप्पन छप्पन २’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । नेपाल र विदेशमा छायांकन गरिएको चलचित्रमा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण गरिएको छ । एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट,आना ढकाल लगायतका कलाकारको अभिनय रहेको छ ।
चितवनमा जन्मिएकी ढकालले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी छिन् । हाल उनि विगत केही वर्ष देखि अस्ट्रेलिया बस्दै आएकी छिन् ।




