चलचित्र ‘भुइँमान्छे’ युनिट बुटवल पछि चितवनमा

हाम्रो कला/बुटवल

चलचित्र भुइँमान्छेले प्रचारका लागी नेपालका विभिन्न स्थानको भ्रमण गर्ने क्रममा बुटवल पुगेको छ । बुटवलमा पत्रकारहरुसँग भेटघाटका क्रममा नायिका सपोरा गुरुङले अन्य चलचित्र भन्दा फरक बिषय बस्तुमा चलचित्र निर्माण भएकोले चलचित्र सफल हुनेमा आफु ढुक्क रहेको र राम्रो चलचित्रमा मात्र अभिनय गर्ने आफ्नो चाहाना अनुसार फरक चरित्र तथा नयाँ कथा बस्तुको कारण यो चलचित्रमा आफुले अभिनय गरेको बताइन् । सोहि कार्यक्रममा चलचित्रका प्रमुख निर्माता तथा कलाकार रोहिणी भट्टराईले आफ्नो चलचित्र हेर्न दर्शकको पक्कै हलसम्म आउने बताउदैं राम्रो मौलिक नेपाली चलचित्रलाई दर्शकले रुचाउनेमा आशावादी रहेको उहाँको भनाइ छ ।

रुपन्देहि चलचित्र पत्रकार संघको आयोजनामा आयोजित उक्त कार्यक्रम सकेर भुइँमान्छे युनिट चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागि हुनकालागी हाल चितवन रहेको छ ।

शैली ईन्टरटेन्मेन्ट एण्ड मुमिजप्रा.लि. र शैली थिएटरको प्रस्तुती नेपाली कथानक चलचित्र भूँईमान्छे भाद्र २ गते नेपाल अधिराज्य भर एकै साथ प्रदर्शन हुँदैछ । पोष्टमार्टम गर्ने व्यक्तिको कथामाआधारित चलचित्रभूँईमान्छे मा रमेश बुढाथोकी , सिपोरा गुरूङ्ग , सहिनप्रजापति , बादल भट्ट , रोहिणी भट्टराई , रामबाबु रुेग्मी , शसांकबोहोरा , आर्यान न्यौपाने , नारायण न्यौपाने , सानु ताम्रकार , सौभर ढकाल , हरि यादवलगायतका कलाकारले अभिनय गर्नुभएको छ । नवराज बुढाथोकीको निर्देशक रहेको यो चलचित्रमा प्रमुख निर्माता रोहिणी भट्टराई हुनुहुन्छ । सहायक निर्माता निरुपा रान्य लक्ष्मी थापा र हरि यादव हुनुहुन्छ ।

Comments
Related News