‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक, चलचित्रले बल्छी धुर्बेको आगामी यात्रा तय गर्ने

सिनेपत्र/काठमाण्डौं

मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को डेब्यू निर्देशन र अभिनय रहेको चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक गरिएको भएको छ । ३ मिनेट १९ सेकेन्डको ट्रेलरले गाउँमा हाँसीखेली हुर्किएको मुख्य पात्र सपना पूरा गर्न सहर पुग्ने र पैसा कमाउने क्रममा उसले सहरमा धेरै थरी चुनौतिको सामना गर्नुपर्ने कथावस्तु बताउछ ।

बल्छी धुर्बे फिल्म्सको निर्माण रहेको चलचित्रमा बल्छि र वर्षा शिवाकोटीको शीर्ष भूमिका सँगै पदम तामाङ, पूजन घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, माओत्से गुरुङ, विशाल पहाडी लगायतको अभिनय रहेको छ ।

टिभी श्रृंखलामार्फत सामाजिक कथावस्तुलाई दर्शकमाझ पस्किएका मरिचमान बल्छी धुर्बे पात्रले टेलिभिजनमा चर्चित थिए । उनको अभिनय करिअरमा दोस्रो अध्याय सुरु भएको छ ।  चलचित्र ‘गोबर गणेश’  माघ १ देखि प्रदर्शन तयारीमा रहेको छ ।

चलचित्रको प्रर्दशन र सफलतासँगै बल्छिको भविष्यको अभिनय यात्रा समेत तय हुने चलचित्र वृतमा अनुमान गरिएको छ ।

हेर्नुस् ट्रेलर ।

Comments
Related News