सन्दिप सापकोटाको नेतृत्वमा चलचित्र पत्रकार संघ नेपाल
हाम्रो कला/काठमाण्डौं
चलचित्र पत्रकार संघ नेपालको महाधिवेशन बुधबार काठमाण्डौंमा सम्पन्न भएको छ । अध्यक्ष पदमा सन्दिप सापकोटा निर्वाचित भएका छन् । प्रत्याशी लक्ष्मण सुवेदी भन्दा सपकोटाले २१ मत बढी प्राप्त गर्दै विजयी भए । उपाध्यक्ष (संगठन)मा दिनेश सिटौला निर्विरोध भए भने उपाध्यक्ष (कार्यक्रम)मा श्याम अर्याल निर्वाचित भए । महिला उपाध्यक्ष भने गीता अधिकारी निर्वाचित भइन् ।
यस्तै महासचिव, सचिव र सचिव(समावेशी) पदमा क्रमशः अनिल यादव निर्वाचित भए भने बैकुण्ठराज पराजुली र समिर बलामी निर्विरोध भए । केन्द्रिय सदस्यमा बर्षा बस्नेत, सुरेश दुलाल, कृष्ण भट्टराई, उत्सव रसाइली, मनिष कार्की र विकास लामिछाने विजयी भए । समावेशी सदस्य र महिलामा तर्फ विशाल राई र दिपज्योति थापा निर्विरोध भए ।
अधिवेशनले केन्द्रिय पार्षदमा डब्बु क्षेत्री, राजन घिमिरे, सुब्रत आचार्य, विदुर गिरि, निमेश गौतम, अशोकप्यासी राई, विष्णु प्रसाद सुवेदी र धन बहादुर खड्का निर्वाचित भए । यसरीनै केन्द्रिय पार्षद महिलामा जयन सुब्बा मान्नधर, रश्मी थापा, स्वस्तिका चिलुवाल निर्विरोध भए । साथै १६ जनालाई निर्विरोध प्रदेश पार्षद चयन गरेको छ ।




