‘कृ’को फस्टलुक बाहिरियो, सिक्स प्याकमा अनमोल

हाम्रो कला/काठमाण्डौं
गोप्य रुपमा छायांकन सम्पन्न गरिएको चलचित्र ‘कृ’को फस्टलुक सार्वजनिक गरिएको छ । अनमोल केसीलाई समावेश गरेर तयार पारिएको फस्टलुकमा उनि भयानक रुपमा देखिएका छन् ।

सुवास इन्टरटेन्मेन्टको निर्माणमा द सुपर काजोल फिल्मस्को प्रस्तुती रहेको चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा कथा, सम्पादन र निर्देशन सुरेन्द्र पौडेलको रहेको छ । चलचित्रमा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद, रेनशा वान्तवा राइको कोरियोग्राफी देख्न सकिनेछ ।
सुवास गिरी र भूवन केसी निर्माता रहेको चलचित्रमा कमल गिरी कार्यकारी निर्माता हुन् भने श्री पराजुली सहनिर्माताको रुपमा रहेका छन् । चलचित्रको बजेट साढे २ करोड माथि रहेको निर्माण पक्षले बताएको छ ।
फस्टलुक सार्वजनिक गरेसँगै चलचित्र कात्तिक ३ गतेबाट देशभरका हलमा रिलिज हुने पक्का भएको छ ।




