‘वर एण्ड वधु’ नेपाली र हिन्दी भाषामा हेर्न पाईने

सिनेपत्र /काठमाण्डाैं

निर्माता तथा निर्देशक मिलन चाम्सको अर्का चलचित्र ‘वर एण्ड वधु’ निर्माण हुने भएको छ । विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर चलचित्र निर्माण हुने भएको हो ।

चलचित्रमा आँचल शर्मा र डेब्यु अभिनेता विवेक कर्माचार्यको मुख्य भूमिका हुनेछ । विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी र सृष्टि खड्काको समेत चलचित्रमा अभिनय रहनेछ । साम्राज्ञी राज्यलक्ष्मी शाह अतिथि भूमिकामा हुनेछिन् ।

जेठ अन्त्यदेखि छायांकन सुरु हुने चलचित्रको छायांकन  रोमानिया, इटाली, फ्रान्समा हुनेछ ।

प्रदीप भारद्वाजले लेखेका यो चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण हुनेछ।

Comments
Related News