फेरी बन्ने भाे चलचित्र हामी तीन भाइ

सिनेपत्र/काठमाण्डाै‍

चलचित्र हामी तीन भाइ को अनौपचारिक घोषणा गरिएको छ।  चलचित्रमा सलोन बस्नेत , शिशिर राणा, बिकाश चापागाईं , सदिक्षा पाण्डे र नरेन्द्र केसी आदि अनुबन्धित भएका छन् भने अन्य कलाकारहरुको छनोट हुन बाकि रहेको छ।

प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र हामी तीन भाइमा द्वन्द हिमाल केसी , छायांकन नरेन्द्र कुमार सिंह , संगीत श्याम कृष्ण मानन्धर , लेखन मनिष गौतम र रिवाज दाहाल , स्वर रुपक डोटेल र नितु पौडेल रहेको छ। गीतकार उत्तम सेढाई, मुख्य सहायक निर्देशक बिनय पौडेल र राम्जी राउत को रहेको छ।

यस चलचित्र पारिवारिक तथा प्रेम कथामा आधारित रहेर बन्ने छ। डेढ दशक अगाडी चलचित्र हामी तीन भाई को निर्माण भएको थियो, जसमा लेखन निर्देशन स्व शिव रेग्मी रहेको थियो। र अहिलेका यस निर्माण टीमले स्व निर्देशक रेग्मी लाई एकपटक सम्झना गरेका छन्।

साजित महत ले निर्माण गर्ने चलचित्रलाई मधुसुदन भट्टराईले निर्देशन गर्ने भएका छन् भने चलचित्रका कार्यकारी निर्मातामा बिक्रम तामाङ्ग हुन् ।

Comments
Related News