विवादमा तानियो ‘के जि एफ २’ !

सिनेपत्र/काठमाण्डाै‌

बहुप्रतिक्षीत चलचित्र ‘के जी एफ २’ रिलिज अगावै विवादमा परेको छ l केही दीन अघी मात्रै चलचित्रको टिजर सार्वजनिक गरिएको थियो l सोही टिजरलाई लिएर चलचित्र विवादमा मुछिएको हो l टिजरमा चलचित्रका अभिनेता यशले स्मोक गरेको  सिन देखाइएको छ l

सोही सिनले गर्दा कर्नाटक स्टेट एन्टी टोबैको सेलले निर्माण युनिटलाई मुद्दा हालेका छन् l  टीजरलाइ सबै सोसल मिडिया प्लेटफर्मबाट हटाउने माग गरिएको छ l चलचित्र ‘के जी एफ २’ मा सञ्जय दत्त, रबिना टन्डन ,प्रकाश राज,मल्भिका अभिनास लगायत कलाकारहरू अभिनय रहेको छ l

विजय किरागन्दुरको निर्देशन रहेको केजी एफ को दोश्रो सिक्वेललाई दर्शकले लामो समय देखी प्रतीक्षा गरी रहेका थिए l

 

Comments
Related News