अशोज ११ मा आउने भयो ‘छक्का पञ्जा फेरि’

हाम्रो कला/ काठमाण्डौं

छायांकनमा नजाँदै २०७४ साल भदौ १६ गतेका लागि प्रदर्शन मिति तोकेको सिनेमा ‘छक्का पञ्जा फेरि’ ले आइतबार एकाएक आफ्नो प्रदर्शन मिति फेरेको छ । सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै निर्माता तथा कलाकार दीपकराज गिरीले हाइलाइटस्लाई  फिल्मको विदेश प्रदर्शन अधिकार दिएको भन्दै प्रदर्शन मिति बदलिएको पनि उल्लेख गरेका छन् । उनको स्ट्याटस अनुसार अब ‘छक्का पञ्जा फेरि’ असोज ११ मा आउने भएको छ ।

यस अघि ‘छक्का पञ्जा–२’ निर्माण गर्ने भनेर घोषणा गरेको सिनेमाको नाम केही दिन अघि एकाएक परिवर्तन गरेर ‘छक्का पञ्जा फेरि’ राखिएको थियो ।

Comments
Related News