शुरु भो ‘केजिएफ च्यापटर २’

सिनेपत्र/काठमाण्डाै‌

कोरोना भाइरसका कारण प्रभावित बनेको बलिउड पनि विस्तारै खुल्न थालेको छ । केही दिनअघि मात्र भारत सरकारले फिल्म हल खोल्न र सुटिङ शुरु गर्न अनुमति दिएको छ ।

त्यस लगतै बलिउड केही फराकिलो हुन थालेको छ । यस्तै कलिउडमा फिल्महरु रिलिज हुने क्रम सँगै नयाँ फिल्महरुको सुटिङ शुरु हुने क्रम चलिरहेको छ ।

यसै बीचमा अभिनेता यशले आफ्नो बहुचर्चित फिल्म ‘केजिएफ–२’ को यहि गएको बिहीबार बाट सुटिङ सुरू गरेका छन्। उनले ट्विटरबाट सिनेमाको सुटिङ पुनः सुरू भएको जानकारी दिएका हुन्। सिनेमामा उनी ‘रक्की’को भूमिकामा छन्। ‘केजिएफ–२’ जारी कोरोनाबीच सुटिङ सुरू गर्ने दोश्रो कन्नड फिल्म हो।

केही समय विश्राम भएको सुटिङ पुनः शुरु भएको हो । फिल्मको हालसम्म ९० प्रतिशत सुटिङ सकिएको छ भने मुख्य एक्सन र केही दृश्यहरूको काम बाँकी छ।

फिल्ममा हाल आफ्नो फोक्सोको क्यानसरको उपचार गराइ रहेका संजय दत्त ‘अधिरा’ नामक मुख्य खलनायकको भूमिकामा रहने छन्।

‘केजिएफ–२’ हिन्द, कन्नडसहित भारतका विभिन्न भाषामा एकसाथ रिलिज हुनेछ। यस अघि केजिएफको पहिलो च्यापटरले दर्शकको मन जित्नुको सार्थ राम्रो व्यापार गर्न सफल भएको थियो ।

Comments
Related News