मानसिकरुपमा बिक्षिप्त दिपा !

सिनेपत्र/काठमाण्डौं

इज्जत कमाउन जति मेहनत गर्नु पर्छ । त्यो गुमाउन केहि गर्नु पर्दैन् । पछिल्लो समय सायद कोरोनाको कारण लकडाउनमा परेको नेपाली सिनेमा समाजिक सञ्जालमा राता रात तातेको छ । कारण कलाकारहरुको बोलि चिप्लेर ।

नेपालीमा एउटा भनाई छ “ दुख पाइस् मंगले, आफ्नै ढंगले” केहि समय अघि टेलिभिजन कार्यक्रममा अन्तरवार्ताको क्रममा निर्देशक तथा कलाकार दिपा श्री निरौलाले महानायक उपाधिको बारेमा बोल्न नजान्दा दर्शकहरुको आलोचना खेप्नु परेको छ । प्रकाश सुवेदिको टेलिभिजन कार्यक्रम रजपट अंकल नामको कार्यक्रममा दिपाले राजेश हमालको हालको स्थितिमा चलचित्रमा सक्रियतालाई लिएर प्रश्न गरेकि थिइन् । “ भारतमा अभिताभ बच्चन हाल सम्म चलचित्रमा सक्रियरुपमा लागिरहनु भएको छ । राजेश जी हाल चलचित्रमा सक्रिय हुनुन्छ र ?” दिपाले भनिन् । चलचित्रमा सक्रियताको बिषयलाई लिएर दिपाले महानायकको उपाधि बारे प्रश्न खडा गरेकि थिइन् । सो कार्यक्रम सार्बजनिक भएसँगै निरौला माथी दर्शकहरु आक्रोश व्यक्त गरेका थिए । दर्शकहरु आक्रोश देखियो कि दिपा श्री निरौलाको फेसबुक, टिकटक, इन्टाग्राम जस्ता सञ्जालमा तुच्छ गालि गलौजमा उत्रिएको देखिन्छ । केहि समय अगाडि सामाजिक सञ्जालमा लाइभ मार्फत दिपाले दर्शकहरु समक्ष क्षमा मागेकी थिइन् । यति मात्रले दर्शक आक्रोश साम्मे हुन सकेको छैन् । गालि गलौज गर्ने क्रम भने घटेको छैन् । जस्को कारण दिपा श्री निरौला मानसिकरुपमा विक्षिप्त बनेको उनि निकटस्थहरुले बताएका छन् ।

चलचित्र वितरक तथा निर्माता अशोक शर्माले फेसबुक मार्फत दिपा निरौला मानसिक विक्षिप्त अवस्थामा रहेको जानकारी दिएका छन् । केहि समय फेसबुकमा दिपा श्री निरौला डिप्रेसनमा गैसकेको र उनलाई भेट्न जानलागेको जानकारी दिएका थिए । रजट पटले दिपा श्री निरौलाले राजेशहमालको बारेमा बोलेको राम्रो अंश काटेको आरोप समेत लगाएका छन् । अशोक शर्माले फेसबुकमा पोष्ट गरेको उक्त स्ट्याटस हाल आफ्नो फेसबुक वालबाट हटाएका छन् ।

उता रजतपट अंकलका प्रस्तोता प्रकाश सुवेदिले फेसबुक मार्फत दिपा श्री निरौलाको अभिव्यक्ति बारे कार्यक्रममा समिक्षा गर्ने । आफु प्रोफेशन र रिलेशनलाई सदैव अलग राख्ने व्यक्ति भएकोले दिपा श्री निरौलालाई हाल सामजीक सञ्जालमा भएको गाली गलौज प्रति दुख व्यक्त गरेका छन् ।

नेपाली सिने कलाकारहरु अहिले विभिन्न कारणले गर्दा विवादमा परिरहेका छन् । अन्र्तवार्ता दिदाँ विचार नगर्ने जब आफ्नो भनाईका कारणले विवादामा आइन्छ या ट्रोलको शिकार भईन्छ तव आफ्नो कुरा सच्चाउन तर्फ कलाकारहरु लाग्ने गरेका छन् ।

Comments
Related News