भुवन र साम्राज्ञीको बिषयमा बोल्यो कलाकार संघ !

सिनेपत्र/काठमाण्डौं

 

भुवन के.सी र साम्राज्ञी राज्यलक्ष्मी शाहको झगड भुसको आगो झैं सल्किन थाले पछि यस बिषयमा कलाकार संघले आफ्नो ध्यानकर्षण गरेको छ । बिहिबार कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले एक विज्ञप्ति जारि गर्दै कलाकारहरूलाई संयम हुन तथा बोल्दा बिचार पु¥र्याएर बोल्न अनुरोध गरेको छन् ।

साथै विज्ञप्तिमा केही दिन यता सामाजिक संन्जालमा नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारहरुको सम्बन्धमा विभिन्न कुराहरु आएको र कलाकार स्वयं पनि विभिन्न आरोप प्रत्यारोपमा संलग्न देखिएकाले नेपाल चलचित्र कलाकार संघको ध्यान आकृष्ट भएको छ ।

नेपाल चलचित्र कलाकार संघ चलचित्र कलाकारहरुको वर्गिय हक हितका साथै चलचित्रको संरक्षण सम्वर्धनकालागि स्थापना भएको संस्था हो । नेपाल चलचित्र कलाकार संघ स्थापना कालदेखि नै कलाकारकहरुको उत्थान, हित र चलचित्रको प्रवर्धनमा क्रियाशिल छ । संघको जानकारीमा आएका र निवेदन परेका कलाकारका विभिन्न समस्यालाई संघले संवोधन गर्दै सामाधान गर्दै आइरहेको छ ।

कोभिड –१९ कोरोनाको महामारी प्रारम्भ भए देखि सबै क्षेत्र जस्तै चलचित्र क्षेत्र पनि ठप्प भएको छ । लक डाउनको अवधिमा विभिन्न श्रोतबाट विभिन्न समस्या ग्रस्त कलाकारहरुलाई राहत उपलब्ध गराएको संघले बक्तव्य र संचार माध्यम मार्फत सबैमा जानकारी गराएको सर्व विधितै छ । संघले लक डाउन प्रारम्भ भएदेखि संकटमा परेका कलाकारहरुलाई संघका पदाधिकारी तथा सदस्यहरुलाई जानकारी गराउनु होस् भनि विभिन्न माध्यमबाट आव्हान पनि गरेको छ ।

हाल केही चलचित्र कलाकारहरुको आपसी विवाद र आक्षेप संन्दर्भमा पनि संघले प्रचारमा आएका सबै कलाकारहरु संग सम्पर्क गरेको छ । वार्ताद्वारा समस्या समाधान गर्न आव्हान पनि गरेको छ । कतिपयले संघको कार्यालयमा आएर जानकारी पनि गराउनु भएको छ । वर्तमानमा निस्किएका आक्षेप एवं समस्याको पटाक्षेप र समाधान गर्न संघ क्रियाशिल रहेको पनि यसै वक्तव्य मार्फत जानकारी गराउन चाहन्छौ । लकडाउनका कारणबाट उत्पन्न समस्या एवं पारिश्रमिकका कुरा लगायतका अन्य विवादहरु संघलाई जानकारी गराउनुहोस् हामी समाधान तर्फ क्रियाशील रहन्छौं भनि संघले सदस्य कलाकारहरुलई आब्हान गर्दै आइरहेको पनि यसै बक्तव्य मार्फत जानकारी गराउन चाहन्छौं ।

केहि दिन यता भुवन के.सि र साम्राज्ञी राज्यलक्ष्मी शाहको विवादले उत्कर्ष लिएको छ । साम्राज्ञीले भुवन के.सिले आफुलाई यौन दुरव्यवहार गरको आरोप लागाएकि छिन् भने भुवन के.सि सो आरोपको खण्डन गर्दै आफु कानुनि बाटो अपनाउने जनाएका छन् ।

Comments
Related News