चलचित्र बिकास बोर्डको अध्यक्ष दयाराम दाहालको पोल्टामा

  • यस पदको लागि फिल्म अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र दाहालको गरि तीन जना नाम सिफारिस गरेको थियो ।
  • सिनेपत्र/काठमाण्डौं

    तत्कालीन अध्यक्ष केशव भट्टराईको हृदयघातको निधनपछि बोर्ड रिक्त बनेको चलचित्र बिकास बोर्डले नयाँ अध्यक्ष पाएको छ । बिहीबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाललाई नियुक्त गर्ने निणर्य गरेको छ ।

    यस अघि पनि यस रिक्त पदको लागि धेरै कलाकार, निर्देशक, निमार्ता तथा चलचित्रकर्मीहरुले दौडधुप भने नगरेका होइन्न । बोर्ड अध्यक्ष बन्नका लागि दशजनाले आवेदन दिए पनि दयारामसहित ३ जनाको नाम मन्त्री परिषदमा पुगेको थियो ।

    ती सबैलाई पछि पार्दै चलचित्र निर्देशक दयाराम दाहाललाई चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा आफ्नो पोल्टामा पार्न सफल भएका हुन् ।

    चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म लेखक, निर्देशक तथा गीतकार रहेका नवनियुक्त अध्यक्ष दाहालले झन्डै ४० वटा चलचित्र निर्देशन गरेका छन् ।

    Comments
    Related News