मामा, भान्जाको कथा ! मामाघर

सिनेपत्र/काठमाण्डौं
चलचित्र ‘मामाघर’ वि.सं.२०७० मा प्रदर्शन भएको चलचित्र हो । एक्सन गु्रप मुवी मेकर्स प्रा.लि द्धारा निर्मित राजेन्द्र खड्गीको प्रस्तुति रहेको चलचित्र मामाघरलाई नारायण पुरी निर्देशन गरेका हुन् । भानु महर्जन र रत्न द्योला लगानी रहेको चलचित्रमा पटकथा संवाद विकाश आचार्य छ । यस चलचित्रमा छायांकन राजु मानन्धर रहेको छ ।
शिव श्रेष्ठ, गौरि मल्ल, दिलिप रायमाझी, मेलिना मानन्धर, शान्ति मास्के, माया प्रधान, अर्जुन श्रेष्ठ, मुकुन्द श्रेष्ठ, गोपाल भुटानी, रवि खड्का, रोशन श्रेष्ठ, बालि लामा, बिपना थापा आदि कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रमा कलाकारले निर्वाह गरेको चरित्रहरु
हरि ः शिव श्रेष्ठ
दिपक ः दिलिप रायमाझी
किरण बाबु ः अर्जुन श्रेष्ठ
मुवा हजुर ः शान्ति मास्के
गोपाल ः मुकुन्द श्रेष्ठ
हरिकि बहिनी गौरि ः गौरि मल्ल
यशोदा ः बिपना थापा
दिवाकर ः रोशन श्रेष्ठ
ज्योति ः मेलिना मानन्धर
भुटानी मामा ः गोपाल भुटानी हुन् ।
फिलिम शुरु हुन्छ एउटा भव्य महलबाट जहाँ किरण अर्थात् अर्जुन श्रेष्ठ र उनकी आमा शान्ति मास्के बस्दै आएका हुन्छन् । उनीहरु निकै धनि हुन्छन् तर किरण भने खराब सँगत र कुलतको कारण बिग्रीएको हुन्छ । यो कुराले उनीआमा शान्ति मास्केलाई निकै चिन्तित बनाइ रहेको हुन्छ । छोरालाई सुधार्नको निम्ति उसको बिहे गरिदिने योजनामा हुन्छिन् तर किरण भने गोपाल अर्थात् मुकुन्द श्रेष्ठ कि बहिनी शुसीलासँग बिहे गर्न भन्छ जुनकुरा किरणकि आमालाई पट्क्कै चित्त बुझ्दैन किनभने गोपाल खराब चरित्रको व्यक्ति हुन्छ । उता गोपाल र शुशिला भने किरणलाई मायाजालमा पारेर सारा सम्पत्ति आफ्नो बनाउने दाउमा हुन्छन् ।
असल र गुणी केटिको खोजिमा रहेकी किरणकि आमाको भेट हरि अर्थात् शिव श्रेष्ठ कि बहिनी गौरि अर्थात् गौरि मल्लसँग हुन्छ । हरिको परिवारमा उ र उसकी बहिनी गौरि दुई जना मात्र हुन्छन् । उनीहरु गरिब हुन्छन् । गौरि हरि कि बहिनी हो भन्ने थाहा पाए पछि किरणकी आमा किरणको निम्ति गौरिको हात माग्न पुग्छिन् । किरणकि आमाको कुरालाई नकार्न नसकेर हरि आफ्नी बहिनीको बिहे किरणसँग गर्न राजि हुन्छ । उता शुसिलासँग बिहे गरे आमाले अंश नदिने कुरा किरणले गोपाललाई सुनाए पछि आफ्नी बहिनीको नाजायज छोराको बाऊ रहेका किरणलाई उसको सम्पत्ति हड्पनको निम्ति गौरिसँग बिहे गर्न राजी गराउँछ र फिलिमले नमोड लिन्छ ।
गोपाल र किरणको निम्ति आँखाको कसिङ्गर भएकी गौरिलाई घरबाट निकाल्छन् तर गौरि बिना सम्पत्ति आफ्नो बनाउन नसक्ने देखेर गोपाल अर्थात् मुकुन्द श्रेष्ठले सुत्तकेरी हुन लागेकी गौरिलाई मार्नको निम्ति गाउँमा गएर उनको घरमा आगो लगाई दिन्छन् । संयोगले हरि र गौरि बाच्न सफल हुन्छन् । गौरिले त्यहि दिपक यानेकी दिलिप रायमाझिलाई जन्म दिन छिन् । घर सबै जलेर खरानी हुन्छ । त्यसैले हरि अर्थात् शिव श्रेष्ठले बहिनी र भर्खर जन्मेका भान्जालाई लिएर आफ्नो मामा घर पुग्छन् । हरिको मामा घरमा पनि मामा निधन भएको खबर भुटानी मामा यानेकी गोपाल भुटानीले हरिलाई दिन्छन् । दिन बित्तदै जान्छ दिपक अर्थात् दिपिल रायमाझि पनि ठुला हुन्छन् । एक दिन साथीको बिहेमा दिपकको भेट ज्योति अर्थात् मेलिना रायमाझिसँग हुन्छ । उनीहरु एकआर्कामा मनपराउन थाल्छन् । ज्योति दिपकलाई भेट्न गाउँ जाछिन् । गाउमा उनको भेट दिपकमा मामा हरिसँग हुन्छ । मिजासिलो बानिको कारण हरिले पनि ज्योति यानेकि मेलिना मान्धरलाई मनपराउन थाल्छ र फिलिमले रोचक मोड लिन्छ ।
भनिन्छ , मानिसले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ । उता किरणलाई उसको नाजायज छोरा दिवाकर अर्थात रोशन श्रेष्ठले हेला गर्न थाल्छ । सम्पत्तिकै घमण्डले दिवाकर पनि गुण्डा बन्न पुग्छ । गल्तीको महशुस गर्दै किरणले गौरि र उनको परिवारलाई खोज्ने निर्णय गर्छ । यो कुरा दिवाकर र गोपाललाई चित्त बुझ्दैन र किरणलाई मार्न खोज्छन् । किरण त्यहाँ बाट भाग्छन् । भाग्दै जाँदा उनको भेट एऊटा मन्दिरमा गौरि र हरिसँग हुन्छ ।
किरण र गौरिको परिवारलाई मार्नको निम्ति गुन्डा लिएर दिवाकर र गोपाल गौरि यानेकी गौरि मल्लको घर पुग्छ । दुई पक्ष बीच केहि क्षण लडाइ पर्छ । दिवाकरले आफ्नो बुवा किरण अर्थात् अर्जुन श्रेष्ठलाई मार्नको निम्ति चक्कु प्रहार गर्छ । तर बीचैमा दिवाकरकी आमा शुसीला आउँछिन् । चक्कुको प्रहार शुसीलालाई लाग्छ उनको मु¥युसँगै नराम्रो कामको प्रति आत्माग्ल्यानी गर्दै चलचित्र सकिन्छ ।




