‘साइनो’ अनि ‘बन्धु’ को कथा !

सिनेपत्र/काठमाण्डौं
सन् १९८७ मा नेपाली कथानक चलचित्र ‘साईनो’ प्रदर्शन भएको थियो । यसका चलचित्रलाई निर्देशक उगेन छोपेल गरेको हुन् । यस चलचित्रमा डेनी डेन्जोङ्पा, भुवन केसी, तृप्ती नदाकर, मुरलीधर र बाल कलाकार रक्षा प्रमुख भूमिका रहेको छ । यस चलचित्रको सङ्गीत तथा रचना रञ्जित गज्मेरले गरेका थिए । यस चलचित्रको कथा डेनी डेन्जोङ्पाले लेखेका थिए भने संवाद भने तुलसी घिमिरेले रहेको थियो । यस चलचित्रको सफलता पछि सन् १९९२ मा यसको पुनः हिन्दी संस्करणमा सार्वजनिक गरिएको थियो । उक्त चलचित्रको नाम भने ‘बन्धु’ राखिएको थियो । यसको कथाबस्तुलाई बङ्गाली चलचित्रमा पनि उतारिएको थियो । यसै साईनो चलचित्रको आधारमा हिन्दी दूरदर्शन धारावाहिक ‘अज्नवी’ को निर्माण गरिएको थियो । यसको अधिकाङ्स दृश्यहरू सिक्किममा खिचिएको छ , भने यसका केही दृश्यहरू मुम्बईमा खिचिएको छ ।
तृप्ती (तृप्ती नदाकर) र आकाशको (भुवन केसी) विवाह हुन्छ । उनीहरूको एक जना छोरो विनु हुन्छ । अर्को देशमा काम गरि परिवार चलाइरहेका उनीहरू आफ्नै मातृभूमि फर्किन्छन् । उनीहरू त्यहाँ खुसीका साथ बसिरहेका हुन्छन् । एक दिन, आकाश सहर घुम्न निस्केको बेलामा उनको चलचित्रको टिकट किन्ने ठाउँमा आशा नामक एक युवतीसँग भेट हुन्छ । विस्तारै, उनीहरू बिच अवैध सम्बन्ध रहन्छ । एक दिनको कुरा आकाश शहर गएको बेला अचानक तृप्तीलाई उनको श्रीमानको दुर्घटनामा परि मृत्युु भएको जानकारी दिइन्छ । यो घटनाले तृष्ती माथि बभ्रmपात पर्छ । यो घटनालाई बिर्सन तृप्ती आफ्ना छोरा विनुको हेरचाह गर्दै घरमा बस्छिन् । एक दिन आकास्मात् राती डेनी उनको घर आउँछन् । डेनी तृप्तीसँग एक दिनको लागि बास माग्छन् । तृप्तीले सुरुमा उनलाई नकार्दै नचिनेको मान्छेलाई बाँस दिन अस्वीकार गर्छिन् तर केही बेर पछि त्यही छेउको गोठमा बस्ने अनुमति दिन्छिन् । एक दिनको लागि बास बस्न आएका डेनीले तृप्तीको छोरा विनुसँग बलियो (मीत)को सम्बन्ध स्थापित गर्छन् ।
त्यहि गाउँको एक जना खराब मानिस मदन बाबु (मुरलीधर) ले तृष्तीलाई कुदृष्टि लागाउँछन् । उनले तृष्तीलाई आफ्नो श्रीमती बनाउने इच्छा जाहेर गर्दै हात तान्न खोज्दा तर उसलाई डेनीले रोक्छन् । यो सबै भएता पनि मदन बाबु रोकिन्नन् र उनले डेनी र तृप्तीको सम्बन्धलाई लिएर सबै गाउँलेहरूलाई भड्काउछ । उनको उदेश्य भनेको डेनीलाई गाउँबाट धपाउने हुन्छ । डेनीले गाउँलेहरूको प्रश्नमाथी कडा उत्तर दिँदै मदन बाबु गलत सोचाइ राख्ने मानिस भएको पुष्टि गर्छन् । त्यसलगत्तै गाउँलेहरूले मदन बाबु र उनका नोकरहरूलाई कुटपिट गर्छन् ।
एक जना बुढी महिलाले उनीहरू त्यही गाउँमा रहे भने उनीहरूमाथी थुप्रै समस्यहरू आई लाग्ने भन्दै दुई जनालाई विवाह गर्ने वा त्यस ठाउँ छोडेर अन्तै जाने सल्लाह दिन्छिन् । डेनीले तृप्तीसँग कुरा गरिरहेको बेला त्यहाँ प्रहरीको टोलीको आगमन हुन्छ । डेनीले आकाशको हत्या गरेको आरोपमा प्रहरीले हतकडी लगाउँछ । तृप्ती आकाशको श्रीमती भएको कुरा थाहा पाए पछी डेनी अच्चम पर्छन् । उनले नै आकाशको हत्या गरेको कुरा स्वीकार छन्। डेनीले उनकी श्रीमती आशा र आकाशले गरेको अवैध सम्बन्धलाई लिएर उनले दुईजनाकै हत्या गरेको कुरा तृप्तीलाई बताउँछन् । उनको श्रीमतीले उनीमाथी घात गरेको कुरा बताउँदै उनले तृप्तीसँग माफी माग्छन् । प्रहरीले उनलाई घतकडीले हात बान्दै गाडीमा हालेर लाँदा तृप्तिका छोरा विनु धेरै रून्छन् । मितज्यु मितज्यु भन्दै कराउँछन् । उनीहरूलाई देखेर प्रहरीको गाडी रोकिन्छ । दुबै आमा छोरा उक्त गाडीको अगाडि जाँदा डेनीले विनुलाई अङ्गालो हाल्छन् । तृप्ती र उनको छोरा विनुले उनलाई माफ गरिदिएको कुरा बताउँछन् र भविष्यमा एक नयाँ साईनोका साथ बाटो हेरिरहने कुरा पनि बताउँदै चलचित्र समाप्त हुन्छ ।
ndhttps://www.youtube.com/watch?v=52lCv0Ir8bM




